दुई अध्यक्ष ओली र प्रचण्ड छलफलमा ब्यस्त, गम्भीर विवादका बिषयमा छलफल केन्द्रित

असार १९, काठमाण्डौ । पार्टीभित्रको विवाद समाधानको लागि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का दुई अध्यक्ष छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको हो । आज एक दिन स्थायी कमिटी बैठक स्थगित गरेर दुई अध्यक्षबीच कुराकानी गर्ने हिजोको निर्णय अनुसार दुई अध्यक्ष छलफलमा जुटेका हुन् ।

पार्टीभित्र गम्भीर विवाद उत्पन्न भएपछि नेकपाका अरु नेताहरु पनि बिहानैदेखि छलफलमा छन् । दोस्रो तहका नेताहरुले जसरी पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

संम्बन्धित समचार

Leave a Reply