कोरोनाले मृत्यु भएकालाइ धार्मिक रितिरिवाज अनुसार दाहसंस्कार गर्ने दिन नेबिसंघ पर्साको माग

भाद्र ८,पर्सा । नेपाल विद्यार्थी संघ पर्साले कोरोना भाइरस कोभिड १९ को संक्रमणले मृत्यु भएकालाइ धार्मिक रितिरिवाज अनुसार दाह संस्कार गर्ने माग गरेको छ ।

नेपाल विद्यार्थी संघ पर्साले सोमबार अपरान्ह पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङलाई यसप्रति ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको हो ।

मृत्यु भएका परिवारलाइ समेत मृतकको शरीर हेर्न नपाएको गुनासो बढेपछी यसलाइ गम्भीरता पुर्वक लिन माग गर्दै ज्ञापनपत्र बुझाएको नेबिसंघका पुर्व केन्द्रिय सदस्य सुधीर पटेलले जानकारी दिए ।

कोरोना भाइरसको चपेटमा परि मृत्यु भएका ब्यक्तिलाई उसैको परम्परा र धर्म अनुसार अंतिम संस्काररदहा संस्कार गर्ने वातावरण बनाइ दिन माग गरिएको उनले बताए ।

ज्ञापनपत्र बुझाउन टोलिमा नेबिसंघ पर्साका कार्यवाहक अध्यक्ष बिकेश पटेल, नेबिसंघ पुर्व केन्द्रिय सदस्य सुधिर पटेल ,जिल्ला सचिव प्रभात सिंह , जिल्ला सदस्य बिट्टु अन्सारी लगायतको उपस्तिथि रहेको थियो ।

संम्बन्धित समचार

Leave a Reply