नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

माघ १, काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर ४०३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको ५ हजार ३२ जानको पिसिआर परिक्षणमा ४०३ जनामा संक्रमण देखिएको हो । योसँगै हालसम्म २० लाख २ हजार ४२ जनाको पिसिआर गर्दा २ लाख ६६ हजार ५४६ जना व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज देशभरबाट ४०५ जना व्यक्ति संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुने व्यक्तिको संख्या २ लाख ६० हजार १७७ पुगेको छ ।

बिहीबार देशभर ६ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुने व्यक्रिको संख्या १ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना संक्रमित देखिएका छन् । योसँगै उपत्यकामा एक लाख २४ हजार ३१९ जनामा संक्रमण देखिएको छ ।

संम्बन्धित समचार

Leave a Reply