बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

फागुण ५, मकवानपुर । बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । बुधबार दिउँसो २ बजे बस्ने भनिएकामा विशेष कारणले सभामुखले स्थगन गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठक अर्को सूचना जारी भएपछि मात्र सञ्चालन हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । प्रदेशसभाको बैठक माघ १९ गते बस्ने भनिए पनि अनिश्चितकालका लागि स्थगन गरिएको थियो ।

मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गरिनुपर्नेमा त्यसलाई छल्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहको आरोप छ ।

 

संम्बन्धित समचार

Leave a Reply