नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

जेठ १९, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक भोलि अपराह्नसम्मका लागि स्थगित भएको हो । बैठक भोलि ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठक मंगलबार बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो ।

अध्यक्ष केपी ओली पक्षले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालसहितका नेताहरूलाई साधारण सदस्य समेत नरहनेगरि निष्कास गरेको छ भने अन्य नेताहरूलाई स्पष्टिकरण सोधेको छ । ओली र नेपाल समूहबीचको विवादले पार्टी विभाजनकमे बाटोमा गएको भन्दै नेपाल पक्षका दोस्रो तहका नेताहरू मध्यमार्ग खोज्न भन्दै ओलीसँग संवादमा छन् ।

 

संम्बन्धित समचार

Leave a Reply