नारायणगढ–मुग्लिन सडकको सेती दोभानको पहिरोले बाटो बन्द

असार २०, चितवन । नारायणगढ–मुग्लिन सडकको भोर्लेनजिक सेती दोभानमा गएको पहिरोले आइतबार पनि बाटो बन्द भएको छ । सो ठाउँमा शुक्रबार साँझ नै ठूलो पहिरो गएको थियो ।

उक्त पहिरो भरतपुरको सडक डिभिजन कार्यालयले शनिबार दिनभर पनि पूरै हटाउन सकेको थिएन । सोही ठाउँमा फेरि पहिरो आएर बाटो अवरुद्ध गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सूर्य थापाले बताए । नारायणगढ–मुग्लिन सडकमा बिहीबार बिहानैदेखि ठाउँठाउँमा पहिरो आएर बाटो अवरुद्ध हुँदै आएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply