सत्तारुढ गठबन्धनको बैठक बस्‍दै, सरकार गठनको तयारी

भदौ १४, काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक अहिले बस्‍दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ९ बजेदेखि सत्तारुढ गठबन्धनको बैठक बस्‍न लागेको लागेको हो । सत्तारुढ गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा छन् ।

आजको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफल हुने सत्तारुढ नेकपाली कांग्रेसका नेता पूर्णबहादुर खड्‍काले जानकारी दिए । ‘आज बैठक मन्त्रिपरिषद्‌ विस्तारमा केन्द्रित हुन्छ’, खड्‍काले भने, ‘सरकार गठनपछि राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ ।’ उनका अनुसार आज बैठक बसेर केही दिनभित्रै मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ ।

आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस महामन्त्री खड्काबीच भएको छलफलपछि मन्त्रिपरिषद् विस्तारको तयारी भएको छ ।

काँगे्रस सभापति देउवा प्रधानमन्त्रीमा नियुक्ति भएको ४९ दिन पुग्दापनि मन्त्रिपरिषद्गले अझै पूर्णता पाउन सकेको छैन । उनले चार मन्त्रीबाहेक अरु नियुक्त गर्न सकेका छैनन् । सरकारले पूर्णता पाउन नसकेको भन्दै आलोचना भइरहेको छ ।

संम्बन्धित समचार

Leave a Reply