साउथह्याम्पटनले सिटीलाई हरायो

फागुन १४, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले नर्विच सिटीलाई हराएको छ । शुक्रबार राति भएको खेलमा साउथह्याम्पटनले सिटीलाई २-० गोल अन्तरले हराएको हो ।

साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्स र ओरिओल रोमेउले एक एक गोल गरे । खेलको ३६ औं मिनेटमा एडम्सले गोल गर्दै साउथह्याम्पटनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८८ औं मिनेटमा रोमेउले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।

जितसँगै साउथह्याम्पटनले २६ खेलमा ३५ अंक जोडेको छ । साउथह्याम्पटन लिगको नवौं स्थानमा रहेको छ । नर्विच १७ अंक जोडेर पुछारमा रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply