एआईजी बढुवाविरुद्ध तीन डीआईजीद्वारा सर्वोच्चमा रिट दर्ता

चैत १७, काठमाडौँ । तीन जना डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णयविरुद्ध तीन डीआईजीहरूले रिट निवेदन दर्ता गरेका हुन् ।

एआइजीमा बढुवा गर्ने निर्णय बदर गर्नुपर्ने माग गर्दै डीआईजीहरू इश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट निवेदन दिएका हुन् । तीन जनामध्ये कार्कीको मुद्धा आजै दर्ता भएर आइतबार प्रारम्भिक सुनुवाईका लागि पेशी तोकिएको प्रवक्ता विमल पौडेलले जानकारी दिए । भोलि र पर्सि सार्वजनिक विदा भएकाले आइतबार अर्याल र कार्कीको मुद्धा पनि दर्ता हुने उनले बताए ।

सरकारको निर्णयविरुद्ध आज सर्वोच्च पुगेका उनीहरुले यसअघि बढुवा सिफारिस कार्यान्वयन नगर्न लोकसेवा आयोगमा उजुरी दिएका थिए । तर आयोगको उजुरी सुन्ने समितिले बढुवा सिफारिस सदर गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply