४०४३ जनाको कोरोना परीक्षण: ९ जनामा संक्रमण पुष्टि

बैशाख ३,काठमाडौँ । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४ सय जनामा झरेको छ । पछिल्लो २४ घण्टामा थप ४४ जना निको भएसँगै सक्रिय संक्रमितको संख्या ४ सय जनामा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, थप नौ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर र एण्टीजेन गरी ४ हजार ४३ जनाको नमूना परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टामा संक्रमणका कारण कसैको पनि ज्यान गएको छैन । यस्तै थप ३० हजार आठ सय ८९ जनाले कोरोनाविरुद्धको खोप लाएको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply