गोदावरी नगरको मेयरमा एमालेबाट ८ जना सिफारिस

चैत २७, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले ललितपुरको गोदावरी नगर कमिटीले ८ जना मेयर र ६ जना उपमेयरको नाम जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । नगर कमिटी अध्यक्ष प्रभाकर थापाका अनुसार सिफारिस हुनेमा प्रदेश सांसदसमेत रहेका चेतनाथ सञ्जेल, गोदावरी सहइन्चार्ज गम्भीर राना, गोदावरी इन्चार्ज ब्रह्मानन्द श्रेष्ठ,प्रदेश कमिटि सदस्य मिठाराम केसी, जिल्ला कमिटी सदस्य चरसुन्दर महर्जन, प्रदेश कमिटी सदस्य रघुनाथ महर्जन, पार्टी नगर कमिटि अध्यक्ष प्रभाकर थापा तथा स्थानीय नेता चित्रराज तिमल्सिना रहेका छन् । उपमेयरका लागि भने ८ जनाको नाम सिफारिस भएको छ । उपमेयरको…

पुरा पढ्नुहाेस्

एमालेको केन्द्रीय कमिटीमा आज दुई प्रतिवेदनमाथि छलफल हुने

चैत १०, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (बिहीबार) पनि बस्दै छ । काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबारदेखि जारी बैठकको दोस्रो दिन यसअघि प्रस्तुत भएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुनेछ । बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन तथा महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन पेस गरेका थिए । बैठकको पहिलो दिन नै प्रदेशका अध्यक्षहरूले समेत रिपोर्टिङ प्रस्तुत गरेका थिए । आजको बैठकमा बुधबार पेस गरिएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले लिखित सुझाव र राय प्रस्तुत गर्ने अजेन्डा रहेको छ । बैठकका प्रस्तुत ११ अजेन्डा मध्ये आज बाँकी ९ वटा…

पुरा पढ्नुहाेस्

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

चैत ९, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठक आज बस्दैछ । बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङ्केटमा बैठक बस्न लागेको हो । आगामी वैशाख ३१ हुने स्थानीय तहको निर्वाचन तयारीका लागि बैठक बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको प्रतिवेदन पेश गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । बैठकमा सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उमेदवार चयनका मापदण्डलगायत कार्यसूची छन् । रिजालका अनुसार बैठक दुई दिनसम्म चल्नेछ ।

पुरा पढ्नुहाेस्

अभिनेत्री करिश्मा र पूर्वमन्त्री प्रेमबहादुर सिंह एमाले प्रवेश गर्दै

चैत ८, काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर र समाजवादी जनता पार्टी (सजपा)का अध्यक्ष एव्म पूर्वमन्त्री प्रेमबहादुर सिंह आज (मंगलबार) नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । उनीहरूलाई आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय (थापाथली) मा अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । ‘पूर्वमन्त्री सिंहको नेतृत्वमा रहेको सजपा एमालेमा समाहित हुन लागेको हो’, प्रचार विभागका उपप्रमुख रिजालले भने, ‘अभिनेत्री करिश्मा मानन्धर पनि हाम्रो पार्टीमा आउँदै हुनुहुन्छ ।’ सिंह पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा खानेपानीमन्त्री बनेका थिए । यस्तै…

पुरा पढ्नुहाेस्

निर्वाचन आचारसंहिताको प्रावधानप्रति एमाले नेताको आपत्ति

चैत ४, काठमाडौं । नेकपा एमालेका नेताहरूले स्थानीय चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाएका छन् । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानको विरोध गरेका हुन् । बिहीबार सार्वजनिक निर्वाचन आचार संहितामा कुनै स्थानीय तह वा उसको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीयतहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्दै निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्…

पुरा पढ्नुहाेस्

ओली-खाण भेटः एमसीसीको अडानबाट पछि नहट्ने जवाफ

फागुन ११, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अमेरिकी सहयोग परियोजना एमसिसी पास गराउन सहयोग गर्न आग्रह गरेका छन् । ओलीनिवास बालकोट पुगेर गृहमन्त्री खाँणले ओलीलाई संसदको अवरोध हटाएर एमसिसी पास गर्न सहयोग गर्न आग्रह गरेका हुन् । भेटमा ओलीले आफ्नो अडानबाट पछि हट्न नसक्ने जवाफ दिएको ओलीका प्रेसविज्ञ रामशरण बजगाईंले जानकारी दिए । ‘तपाईंहरूले संसदमा सबैभन्दा ठूलो दल एमालेलाई उपस्थितिको वातावरण बनाउनुभएको छैन । पहिला त्यो वातावरणको तय गर्नुस् । कुनै पार्टीलाई एउटा हामीलाई फरक कानुन किन लगाउनुभयो? सभामुखको दुरुपयोग गरेर…

पुरा पढ्नुहाेस्

ओलीलाई भेट्न बालकोट पुगे गृहमन्त्री बालकृष्ण खाण

फागुन ११, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । आज बिहान गृहमन्त्री खाणले अध्यक्ष ओलीसँग झण्डै एकघण्टा भेटवार्ता गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ । एमसीसीका बारेमा सत्ता गठबन्धनमा मतभेद भइरहेका बेला एमाले र कांग्रेसबीच निरन्तर छलफल चलिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न हिजो अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । ओलीसँग प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न आफूलाई साथ दिन आग्रह गरेका थिए । तर, एमालेले संसदमा आफ्ना माग पूरा नगरेसम्म संसदीय प्रक्रियामा भाग नलिने अडान राख्दै…

पुरा पढ्नुहाेस्

एमालेले संसद अवरोध गरिरहने, कार्यव्यवस्था समितिको बैठकमा पनि नजाने

फागुन ६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदमा गर्दै आएको अवरोध आज पनि जारी राख्ने भएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पार्टीको अवरोध जारी नै रहने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध गरिरहने बताए । ‘हामीले उठाउदै आएको माग सम्बोधन नभइ संसद सुचारु हुने अवस्था छैन,’ उनले भने, ‘आज पनि अवरोध कायमै हुन्छ ।’ त्यस्तै संसद बैठक अघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले नजाने भएको छ । प्रमुख सचेतक भट्टराईका अनुसार कार्यव्यवस्था बैठकमा…

पुरा पढ्नुहाेस्

एमाले संसदीय दलको बैठक बस्दै, महाअभियोगको प्रतिवाद गर्ने

फागुन २, काडमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे बस्ने छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले आज दलको बैठक बोलाएको हो । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । आज बैठकले महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट प्रतिवाद गर्ने निर्णय गर्नेछ । हिजोको बैठकले सत्ता गठबन्धनले नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाभियोग प्रस्ताव ल्याएको आरोप पनि लगाएको छ । कांग्रेस, नेकपा…

पुरा पढ्नुहाेस्

एमालेले कारबाही गरेका १४ सांसदको रिट पेसीमा चढ्यो

फागुन १, काठमाडौँ । नेकपा एमालेले माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही र एकीकृत समाजवादी पार्टी खारेजको मागसहित हालेको रिट आइतबार पेसीमा चढेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आइतवार यो मुद्दाको सुनुवाइ हुने भएको छ । एकीकृत समाजवादी पार्टी दर्ताविरुद्ध एमाले अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको सुनुवाइ यसअघि पटक पटक स्थगित हुँदै आएको थियो । नयाँ दल दर्ताविरुद्ध ओलीले वारिसनामामार्फत गत भदौ १७ गते तीनवटा रिट दर्ता गराएका थिए । रिटमा सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग, नेता नेपालसहित १४ सांसद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

पुरा पढ्नुहाेस्