स्थानीय चुनावमा एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन

बैशाख १०, काठमाडौँ । नेपालको सुरक्षा संयन्त्र वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन, रेखी तथा स्थलगत निरीक्षणको काम गरिरहेको छ भने निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षा प्रदान गर्न खटिइसकेको छ । निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आकलन गर्दै चारैवटा सुरक्षा निकायले आआफ्नो तयारी तीब्र पारेको जनाएका छन् । निर्वाचन निष्पक्ष,…

पुरा पढ्नुहाेस्

स्थानीय चुनावमा सेना परिचालन हुने

चैत ३०, काठमाडौं । आगामी बैशाख ३० को स्थानीय चुनावमा सेना परिचालन हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चुनावमा सेना परिचालन गर्न मंगलबार स्वीकृती दिएकी छन् । राष्ट्रपतिको स्वीकृतीसँगै ७ सय ५३ स्थानीय तहमा सेना खटाउन बाटो खुलेको छ । ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था भएअनुसार सेना परिचालन हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ । सरकारले चैत २४ गते चुनावका लागि सेना परिचालन गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरेको थियो । सरकारको निर्वाचन सुरक्षा कार्ययोजनामा १ लाख म्यादीसहित ८० प्रतिशतभन्दा बढी सुरक्षाकर्मी केन्द्रित गर्ने उल्लेख…

पुरा पढ्नुहाेस्

निर्वाचन आचारसंहिताको प्रावधानप्रति एमाले नेताको आपत्ति

चैत ४, काठमाडौं । नेकपा एमालेका नेताहरूले स्थानीय चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानप्रति आपत्ति जनाएका छन् । एमालेका उपमहासचिव विष्णु रिमालले स्थानीय चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानको विरोध गरेका हुन् । बिहीबार सार्वजनिक निर्वाचन आचार संहितामा कुनै स्थानीय तह वा उसको स्वामित्व वा नियन्त्रणमा रहेको वा स्थानीय तहबाट अनुदानप्राप्त संस्थामा सुविधा वा पारिश्रमिक पाउने गरी बहाल रहेका निर्वाचित वा मनोनीत पदाधिकारीले स्थानीयतहको निर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि नै बहाल रहेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ । एमाले उपमहासचिव रिमालले सामाजिक सञ्जालमा लेख्दै निर्वाचनमा जाँदा पदको दुरुपयोग नहोस्…

पुरा पढ्नुहाेस्

मन्त्रिपरिषद्को बैठक बस्दै, स्थानीय चुनावको मिति तोक्न सक्ने

माघ २४, काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री शेर बहादुर देउवाले सोमबार दिउँसो तीन बजे बालुवाटारमा बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आज बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिएको छ । आइतबार बसेको तीन दलको बैठकमा प्रधानमन्त्री देउवाले अबको मन्त्रिपरिषद्को बैठकबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराएका थिए । यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले निर्वाचन आयोगको सिफारिस अनुसार निर्वाचनको मिति घोषणा गर्ने निर्णय गरेको थियो । आयोगले ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न प्रधानमन्त्रीसमक्ष सिफारिस गरेको थियो…

पुरा पढ्नुहाेस्