७४९ पालिकाको अन्तिम नतिजा आयो, अझै चार पालिकाको बाँकी

जेठ १२, काठमाडौँ । गत बैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म ७ सय ४९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । अझै चार पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ । काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगाको अन्तिम नतिजा आउन बाँकी छ । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ५९ हजार १ सय ४९ मतसहित अग्रस्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३७ हजार ५ सय ४२ मत पाएकी छन् । एमालेका उम्मेदवार केशव स्थापितले ३७…

पुरा पढ्नुहाेस्

७३४ पालिकाको नतिजा सार्वजनिक, कसले कति जिते ?

जेठ १०, काठमाडौं । स्थानीय तह निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुगेको छ । हालसम्म ७३४ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले हालसम्म नगरपालिकामा १३४ मेयर र १८८ गाउँपालिकामा अध्यक्ष पद गरी जम्मा ३२२ वटा पालिकाको प्रमुख पद जितेको छ । त्यसै २९५ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । नेकपा एमालेले हालसम्म २०० वटा पालिकाको प्रमुख जितेको छ । २२९ वटा पालिकाको उपप्रमुख पद जितेको छ। त्यस्तै नेकपा माओवादी केन्द्र १२० वटा पालिकाको प्रमुखमा विजयी भएको छ । १२८ वटा पालिकाको उपप्रमुख पद…

पुरा पढ्नुहाेस्

७ सय २७ पालिकाको अन्तिम नतिजा आयो, कसले कति जिते ?

जेठ ९, काठमाडौँ । स्थानीय तह निर्वाचन अन्तर्गत मत परिणामका अन्तिम नतिजा आउने क्रम जारी छ । हालसम्म ७ सय २७ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ । यसैगरी नेकपा एमाले दोस्रोमा छ । नेकपा माओवादी केन्द्र तेस्रोमा छ । कांग्रेसले ३२०, नेकपा एमालेले १९८ र नेकपा माओवादी केन्द्रले १२० स्थानीय तहको प्रमुख पद जितेका छन् । जनता समाजवादी पार्टी जसपाले २९, नेकपा एकीकृत समाजवादीले १७, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले १५, राप्रपा, राष्ट्रिय जनमोर्चा र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले ४÷४…

पुरा पढ्नुहाेस्

७ सय २६ पालिकाको अन्तिम नतिजा सार्वजनिक

जेठ ९, काठमाडौं । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ । हालसम्म ७ सय २६ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमध्ये नेपाली कांग्रेसले सबैभन्दा बढी जितेको छ भने नेकपा एमालेले दोस्रोमा छ । त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रोमा छ । कांग्रेसले ३ सय २० वटा पालिकाको प्रमुख पद जितेको छ भने २ सय ९३ वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ । एमालेले १ सय ९७ वटा पालिकाको प्रमुख जितेको छ भने २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जितको छ ।…

पुरा पढ्नुहाेस्

८८ पालिकाको नतिजा: कांग्रेस ३४, एमाले ३१ र माओवादी २० वटामा विजयी

जेठ २, काठमाडौं । यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत हाल (सोमबार बिहान ८ बजे)सम्म ८६ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी ३४ वटा स्थानीय तहका प्रमुख/अध्यक्ष पदमा जित हासिल गरेको छ । नेकपा एमालेले ३१ स्थानीय तह जितेको छ । यस्तै, नेकपा माओवादी केन्द्रले २० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तह जितेको छ । अन्यले १ स्थानमा जित हासिल गरेको छ । कांग्रेसले प्रमुख/अध्यक्ष जितेका पालिकाहरू १. मनाङको नार्पा…

पुरा पढ्नुहाेस्

आज मध्यरातिदेखि मौन अवधि सुरु, उल्लङ्घन गरे उम्मेदवारी रद्द हुने

बैशाख २७, काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत आज (मंगलबार) रातिदेखि मौन अवधि सुरु हुदैछ । निर्वाचन आयोगका अनुसार मौन अवधि आज राति १२ बजेदेखि मतदान हुने दिनको राति १२ बजेसम्म लागू हुनेछ । उम्मेदवारहरूले आज रातिसम्म मात्रै प्रचार र मत माग्न पाउनेछन् । मंगलबार साँझसम्म सबैले आफ्नो दल र उम्मेदवारको प्रचारप्रसार गरेपनि मौन अवधि सुरु भएपछि निर्वाचनको दिनसम्म नै नपाइने आयोगले जनाएको छ । यस्तै, मौन अवधि सुरु हुनै लाग्दा निर्वाचन आयोगले सामाजिक सञ्जालबाट निर्वाचन आचारसंहिता विपरीतका पोस्ट हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको छ । आयोगका प्रवक्ता शालिग्राम…

पुरा पढ्नुहाेस्

मतपत्रको छपाइ सकियो, सबै जिल्लामा ढुवानी आजै गरिसक्ने

बैशाख २३, काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतपत्रको छपाइ सम्पन्न भएको छ । आज शुक्रबारसम्म सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मधेस प्रदेशका जिल्ला बाहेक सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको हो । आयोगले निर्वाचनका लागि स्थानीय तह निर्वाचन (जनशक्ति व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक खटाइएको कर्मचारीलाई तोकिएको ठाउँमा खटिन आयोगले निर्देशन गरेको छ । उपयुक्त कारण परेको अवस्थामा बाहेक कुनै…

पुरा पढ्नुहाेस्

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

बैशाख २१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ । आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगले जनाएको छ । केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकी विवरण थपघट हुन सक्ने आयोगको भनाइ…

पुरा पढ्नुहाेस्

स्थानीय चुनावः ३५३ पदमा निर्विरोध निर्वाचित, ६४ जिल्लामा मतपत्र ढुवानी

बैशाख २०, काठमाडौँ । स्थानीय तह निर्वाचनमा मनोनयनपत्र दर्ता गराएकामध्ये विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएका छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगको कार्यतालिकाअनुसार यही वैशाख ११ र १२ गते मनोनयनपत्र दर्ताको समय दिइएकामा जाँचबुझ र फिर्ता लिने समय सकिएपछि यही १७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको हो । आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार विभिन्न पदमा ३५३ निर्विरोध निर्वाचित भएको आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए । निर्विरोध भएकालाई मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र दिनेछ । यसैगरी १७० दलित महिला सदस्य पदमा…

पुरा पढ्नुहाेस्

स्थानीय चुनावः चार हजारभन्दा धेरैको उम्मेदवारी फिर्ता

वैशाख १७, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेकामध्ये करिब चार हजार जनाले फिर्ता लिएका छन् । वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारलाई शुक्रबार बेलुकी ५ बजेसम्म फिर्ता लिन समय दिइएको थियो । निर्वाचन आयोगका अनुसार तथ्याङ्क सङ्कलनको काम भइरहेकाले फिर्ता लिनेको सङ्ख्या थपघट हुन सक्नेछ । आयोगले ७ सय ५३ स्थानीय तहका लागि देशभरबाट एक लाख ५३ हजार २ सय २० जना उम्मेदवार छन् । यस्तै, गठबन्धनप्रति असन्तुष्टि जनाउँदै बागी उम्मेदवारी दिएका धेरैले उम्मेदवारी फिर्ता लिएका छैनन् । भरतपुरमा…

पुरा पढ्नुहाेस्