गरिमा विकास बैंकद्धारा “गरिमा डिवेन्चर २०८५” जारी

मंसिर १६, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि मिति २०७८/०८/१६ गते विहिवार देखि प्रति कित्ता १००० रुपैया अंकित मूल्यका १ अर्व रुपैयाँ वरावरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । सो मध्ये ४० करोड रुपैयाँ वरावरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानि कोषका लागि छुट्याईएको छ) भने बाँकी ६० करोड रुपैँया वरावरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट विक्री गरिने छ । गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गते सम्म र…

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकद्धारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

माघ १८, काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले शेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पु¥याउन ‘मेरो शेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाताअन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी–आस्बा सुविधालिन सकिनेछ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी–आस्बाको सुविधालिन सक्नुहुनेछ । वर्तमान अवस्थामा कोभिड १९को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचनआएका कारण समग्र अर्थतन्त्रमाबचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो शेयर बचत खाता’मा आर्कषक…

पुरा पढ्नुहाेस्

नेकपाको प्रचण्ड-माधव समुहद्धारा संघर्षका थप कार्यक्रम सार्वजनिक गर्दै

माघ १२, काठमाण्डौ । नेकपा प्रचण्ड माधव समूहले सरकारविरुद्ध थप संघर्षका कार्यक्रम ल्याउने भएको छ । आज पेरिसडाँडास्थित केन्द्रीय कार्यालयबाट थप संघर्षका कार्यक्रम सार्वजनिक गर्न लागेको हो । पुस ५ मा प्रतिनिधि सभा विघटन भएसँगै सडकमा ओर्लेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले विभिन्न चरणको आन्दोलन गरिसकेको छ । प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई मुख्य मुद्दा बनाए पनि नेताहरुबीच गालीगलौच जारी छ । पार्टीमा गरिएको आधिकारिकताको दाबीलाई निर्वाचन आयोगले कानुनी मान्यता दिएको छैन भने विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाई जारी छ ।

पुरा पढ्नुहाेस्

गरिमा विकास बैंकद्धारा “स्मार्ट टेलर”को सुरुवात

माघ ११,काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको गरिमाविकास बैंक लिमिटेडले आफ्नो डिजिटल बैकिङ्गलाई थप प्रभावकारी बनाउदै विना चेकबुक मोबाईल बैकिङ्गमार्फत शाखामा उपलब्ध क्यु.आर.लाई स्कान गरि पैसा झिक्न मिल्ने “स्मार्ट टेलर”को सुरुवात गरेको छ । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध छ तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ । डिजिटल बैकिङ्गलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहक वर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्राउन गरिमा विकास बैंक सधै तत्पर रहने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताए…

पुरा पढ्नुहाेस्