नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध रिट सर्वोच्चमा दर्ता, आइतबार सुनुवाइ

काठमाडौँ । नागरिकता विधेयक प्रमााणीकरणविरुद्ध परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । बिहीबार वरिष्ठ अधिवक्ता डा।सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने सर्वोच्चमा रिट दिएका थिए । अधिवक्ताद्वय भण्डारी र न्यौपानेले सर्वोच्चमा छुट्टाछुट्टै रिट दायर गरेका हुन् । रिटमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुने सर्वोच्च प्रशासनले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेपछि अदालतमा रिट परेको हो । यसअघि संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो । अघिल्लो…

पुरा पढ्नुहाेस्

नागरिकता विधेयक प्रमाणीकरण गर्दा किन मानिएन धारा ११३ लाई आधार ?

जेठ १८, काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रमाणीकरणलाई नेपालको संविधानको धारा ६१ को उपधारा २, ३ र ४ तथा धारा ६६ मा उल्लेख प्रावधान र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तलाई आधार मानेको जनाएका छन्। तर संविधानको धारा ६१ मा राष्ट्रपतिको परिचय छ। र, धारा ६६ मा काम कर्तव्य र अधिकार छ। धारा ६६ मा ‘विधेयक प्रमाणीकरण’को कुनै व्यवस्था छैन। विधेयक प्रमाणीकरणको व्यवस्था संविधानको धारा ११३ मा उल्लेख छ। तर राष्ट्रपति पौडेलले यो धारालाई आधार मानेका छैनन्। राष्ट्रपति कार्यालयबाट बुधवार प्रेषित विज्ञप्तिमा यो धारा…

पुरा पढ्नुहाेस्

नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपतिलाई खाँणको आग्रह

चैत्र २६, जनकपुरधाम । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका छन् । जनकपुरमा आइतबार नेपाल प्रेस युनियन धनुषाले गरेको पत्रकार सम्मेलनमा उनले नागरिकता विधेयक प्रमाणीकरण गरिदिन राष्ट्रपति पौडेललाई सार्वजनिक रुपमा आग्रह गरेका हुन्। संघीय संसदका दुवै राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेर पठाएको नागरिकता विधेयक तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेकी थिइन्। तर, अहिले नयाँ राष्ट्रपतिको रुपमा रामचन्द्र पौडेल छन्। उनी कांग्रेसबाट राष्ट्रपति बनेका हुन्। नागरिकता विधेयक प्रमाणीकरण गर्नुपर्ने पक्षमा कांग्रेस रहँदै आएका बेला पूर्वगृहमन्त्री समेत रहेका खाँणले…

पुरा पढ्नुहाेस्

नागरिकता विधेयक प्रमाणीकरण रोक्न सर्वोच्च अदालतमा रिट

भाद्र ३०, काठमाडौं । संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगेको नागरिकता विधेयक प्रमाणीकरण गर्न नहुने भन्दै त्यसलाई रोक्नका लागि सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता डा। सुरेन्द्र भण्डारीले रिट दायर गरेका हुन् । अधिवक्ता डा भण्डारीले प्रतिनिधिसभामा उत्पन्न भएर प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैबाट पारित भएको नागरिकता विधेयक संविधानको मर्मको प्रतिकूल भएको हुँदा, त्यस्तो विधेयकमा पूर्णरुपमा छलफल नभई राष्ट्रपतिबाट प्रमाणीकरण हुन हुँदैन भन्दै राष्ट्रपतिको नाममा परमादेश र प्रतिषेधको आदेश माग गर्दै बिहीबार रिट दायर गरेका छन् ।

पुरा पढ्नुहाेस्

नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेविसङ्घद्वारा प्रदर्शन

भाद्र २६,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै नेपाली कांग्रेसनिकट विद्यार्थी सङ्गठनले विरोध प्रदर्शन गरेका छन् । नेविसङ्घले बिहान त्रिचन्द्र क्याम्पस अगाडि राष्ट्रपति भण्डारीविरुद्ध प्रदर्शन गर्दै प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेको हो । राष्ट्रपति भण्डारीको पुत्ला दहन गर्ने क्रममा प्रहरीले हस्तक्षप गरेपछि नेविसङ्घ कार्यकर्ताले पनि ढुङ्गा प्रहार गरेका थिए । नेविसङ्घले बाटो अवरुद्ध गरेर प्रदर्शन गर्दा घण्टाघर आसपासको क्षेत्रमा केहीबेर गाडीको आवागमन रोकिएको थियो ।

पुरा पढ्नुहाेस्