बढ्दो परनिर्भरताः ७% खेतीयोग्य जमिन बाँझो, मकैमा मात्रै बाहिरियो १५ अर्ब

बैशाख १२, काठमाडौं । नेपालको कुल कृषियोग्य भूमिमध्ये सात प्रतिशत खेतीयोग्य जमिन बाँझो छ । कृषि विकास मन्त्रालयका अनुसार देशभर कुल ३० लाख ९१ हजार हेक्टर जमिन खेतीयोग्य छ । कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ प्रतिशत बराबर रहेको छ । भन्सार विभागले चालु आवको चैत मसान्तसम्मको सार्वजनिक गरेको विवरणानुसार नेपालमा अत्यधिक मात्रामा खाद्यपदार्थ आयात भइरहेको देखाएको छ । धान, मकै, कोदोजस्ता नेपालका प्रमुख खाद्यबाली मानिए पनि चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा ५९ अर्ब २९ करोड ७० लाख ३६ हजार रुपैयाँबराबरको आयात भएको छ । सरकारले कृषिउपजको उत्पादन…

पुरा पढ्नुहाेस्

व्यापार घाटा बजेटको आकार भन्दा बढी हुने अनुमान

बैशाख ११, काठमाडौं । चालू आर्थिक वर्ष २०७८/०७९ को ९ महिनासम्ममा व्यापार घाटा १३ खर्ब नाघेको छ । साउनदेखि चैतसम्मको आयातको प्रवृत्ति तथा निर्यातको अवस्था हेर्दा चालू आर्थिक वर्षमा बजेटभन्दा पनि व्यापार घाटा बढी हुने देखिएको छ । भन्सार विभागका अनुसार साउनदेखि चैत मसान्तसम्म आयातमा विदेशिएको रकम र निर्यातबाट नेपाललाई प्राप्त भएको रकमबीच १३ खर्ब ६ अर्ब ८ करोड ९० लाख अन्तर रहेको छ । साउनदेखि चैतसम्ममा कुल १४ खर्ब ६६ अर्ब ६६ करोडको वस्तु आयात भएको छ भने १ खर्ब ६० अर्ब ५७ करोडको मात्र निर्यात भएको छ ।…

पुरा पढ्नुहाेस्

आयात बढेको बढ्यै, व्यापार घाटा २८ प्रतिशतले बढ्यो

बैशाख ९, काठमाडौँ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा (साउनदेखि चैतसम्म) आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कअनुसार ३१.९७ प्रतिशतले आयातमा वृद्धि भएको हो । आलु आर्थिक वर्याको नौं महिनामा कुल रु १४ खर्ब ६६ अर्ब ६६ करोड २० लाख बढीको आयात भएको छ । तथ्याङ्कअनुसार गत आर्थिक वर्षको सोही अवधिमा रु ११ खर्ब ११ अर्ब ३९ करोड ५४ लाख बढीको आयात भएको थियो । चालू आवको नौ महिनामा आयातसँगै निर्यातमा पनि वृद्धि भएको छ । तथ्याङ्कअनुसार नौ महिनामा ६९.४४ प्रतिशतले  निर्यातमा…

पुरा पढ्नुहाेस्

तरकारीको आयातमा वृद्धि, आलुमा मात्रै ६ अर्ब ८१ करोड बाहिरियो

चैत १९, काठमाडौँ । नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तमा ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्य बराबरको आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो । तरकारीमा सबैभन्दा धेरै आलु आयात भएको छ । आलु ६ अर्ब ८१ करोड २८ लाख दुई हजार मूल्यको भारतबाट २५ करोड ८१ लाख ३२ हजार ८३७ किलो र बङ्गलादेशबाट एक करोड ४६ लाख ३८ हजार ८०० किलो आयात भएको भन्सार विभागले जनाएको…

पुरा पढ्नुहाेस्

ह्वाट्टै बढ्यो व्यापार घाटा, आठ महिनामा १३ खर्ब ८ अर्बको आयात

चैत ८, काठमाडौं । आलु आर्थिक वर्षमा व्यापार घाटा ह्वाट्टै बढेको छ । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा मुलुकको वैदेशिक व्यापार रु १४ खर्ब ५६ अर्ब ४८ करोड बराबरको पुगेको छ । गत आवको पहिलो आठ महिनामा रु. १० खर्ब २४ अर्ब ७६ करोड रहेको वैदेशिक व्यापार चालु आवमा ४२.१३ प्रतिशतले बढेको हो । वैदेशिक व्यापारमा वृद्धि भए पनि आयातमुखी व्यापारका कारण मुलुकको व्यापार घाटा चुलिँदो छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकको व्यापार घाटा अघिल्लो आवको पहिलो आठ महिनाको तुलनामा चालु आवमा ३४.५० प्रतिशतले बढेर रु.…

पुरा पढ्नुहाेस्

अकासियो फलफुलको आयात, ४ अर्ब बढीको स्याउ मात्रै भित्रियो

चैत ५, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा फलफुलको आयात अकासिएको छ । सो अवधिमा ६ अर्ब ६० करोड ९१ लाख २८ हजार ६०० रुपैंया मूल्य बराबरका आँप, सुन्तला, कागती, अङ्गुर र स्याउको आयात भएको हो । तीमध्ये सबैभन्दा बढी स्याउको आयात भएको छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट पुष्तिका मार्फत आगामी तीन वर्षमा नेपाललाई फलफुलमा आत्मनिर्भर बनाउने घोषणा गरेको थियो । तर, गत सात महिनामा मात्रै छिमेकी मुलुक भारत र चीनलगायतका मुलुकहरुबाट चार अर्ब ३७ करोड ८१ लाख ११ हजार मूल्य बराबरको स्याउ आयात भएको…

पुरा पढ्नुहाेस्

कृषि प्रधान देशमा २७ अर्बको चामल आयात

माघ १२, काठमाडौं । कृषिको उर्बरभुमि भएको मुलुक नेपालमा चालु आर्थिक बर्षको छ महिनामा २७ अर्बको चामल आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार सो अवधिमा ४२ अर्ब ६२ करोड रुपैयाँको खाद्यान्न आयात भएको हो । मुलुकमा यो वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो । यस्तै ६ महिनामा मुलुकमा २२ अर्ब ५१ करोड रुपैयाँको तरकारी र १२ अर्ब आठ करोड रुपैयाँको फलफूल आयात गरेको छ । यस्तै ७८ अर्ब रुपैयाँको घिउ, तेल र पशुपक्षीजन्य वस्तु आयात भएको छ । पाँच अर्ब रुपैयाँको चिया, कफी, चार…

पुरा पढ्नुहाेस्

छ महिनामा १० खर्बको आयात, व्यापार घाटा ४६.६४% बढ्यो

माघ ९, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापार घाटा ४६.६४ प्रतिशतले बढेर रु. आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको हो । गत वर्षको सोही अवधिमा रु. छ खर्ब ४४ करोड ६१ लाखको व्यापार घाटा भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार…

पुरा पढ्नुहाेस्