सैनामैनाको एक कपास उद्योगमा आगलागी

जेठ २७, काठमाडौं । रुपन्देहीको सैनामैनास्थित एक कपास उद्योगमा आगलागी भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको शिव भवानी कपास उद्योगमा शुक्रबार बिहान आगलागी भएको हो । आगोलाई सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाका ३ वटा दमकल, प्रहरी, सेना, जनप्रतिनिधि, नगर प्रहरी र स्थानीयले ३ घण्टापछि नियन्त्रणमा लिएका छन् । आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ लगायत जलेर नष्ट हुँदा ८६ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले जानकारी दिए ।

पुरा पढ्नुहाेस्

दिल्लीको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु

बैशाख ३१, काठमाण्डौ । भारतको दिल्लीको मुन्डकामा एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्य भएको छ । शुक्रबार साँझ भएको आगलागीमा २७ जनाको शव भेटिएको र मृत्य हुनेको सङ्ख्या अझै बढ्न सक्ने दिल्लीका मुख्य अग्नि नियन्त्रक सुनील चौधरीले बताएका छन् । आगलागीमा परि १२ जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेहरुको दिल्लीको सञ्जय गान्धी र दिन दयाल अस्पतालमा उपचार भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आगलागीबाट ज्यान गुमाएकाका परिवारलाई प्रतिपरिवार दुई लाख र घाइतेलाई उपचारका लागि ५० हजार भारतीय रुपैयाँ प्रदान गर्ने…

पुरा पढ्नुहाेस्

चितवनको आगलागीमा ६ वटा पसल जलेर नष्ट

बैशाख १५, चितवन । नारायणगढस्थित कमलनगरमा एक घरमा आगलागी हुँदा ६ वटा पसल जलेका छन् । स्थानीय तुलसीराम सापकोटाको चार तले घरमा आगलागी हुँदा घरमा रहेका ६ वटा पसलका सामानहरु जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक ९डिएसपी० नरहरि अधिकारीले जानकारी दिए । डिएसपी अधिकारीका अनुसार विद्युत् सट भएर राति २ बजेदेखि आगो लागेको हो । पहिलो तलामा सबै पसल जलेको प्रहरीले जनाएको छ । दोस्रो तलमा रहेका पसलमा पनि क्षति पुगेको छ । भरतपुर महागरपालिका, खैरहनी नगरपालिका, कावासोती नगरपालिका र नेपाली सेनाको दमकलले बिहान मात्रै आगो…

पुरा पढ्नुहाेस्

जुम्लामा आगलागीमा परी चार बालवालिकाको मृत्यु

बैशाख १०, जुम्ला । जुम्लामा आगलागीमा परी चार बालवालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार तिला गाउँपालिका–३ कुडारीस्थित सार्कीवाडामा मानसिंह सार्कीको घरमा आगलागी भएको हो । आगलागीमा परि मानसिंहका दुई छोरी, एक छोरा र भान्जीको मृत्यु भएको हो । मानसिंहका छोरीहरु ११ वर्षीया अनु सार्की र तीन वर्षीया दर्शना सार्की र एक वर्षीय छोरा दीपेश सार्की र उनकी भान्जी १४ वर्षकी तिर्सना सार्कीको आगलागीमा परि मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दका अनुसार शुक्रबार राति सवा ११ बजेतिर घरमा…

पुरा पढ्नुहाेस्

हरियाणामा आगलागीमा परी नेपाली बालकको मृत्यु

चैत ३०, काठमाडौं । भारतको हरियाणा हिसारमा भएको आगलागीमा परी अर्घाखाँचीका एक १४ वर्षीय बालकको मृत्यु भएको छ । हरियाणामा रहेको राम चाट भण्डारमा काम गर्ने अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नं। ३ साजवोट निवासी १४ वर्षीय भीमबहादुर मुखियाको मृत्यु भएको हो । मुखियासहित १० जना नेपाली मजदुरहरूले काम गर्दै आएको चाट भण्डारमा मंगलबार बिहान करिब ५ बजे विद्युत् सर्ट भई आगो लाग्दा सोही पसलमा दुई महिनादेखि काम गर्दै आएका मुखियाको ज्यान गएको छ भने अन्य पाँच नेपाली सामान्य घाइते भएका छन् । आगलागीका कारण अन्य कामदार बाहिर निस्कन सफल…

पुरा पढ्नुहाेस्

मगमग चाउचाउ उद्योगमा आगलागी

माघ २९, काठमाडौँ । झापाको मेचीनगर–१४ दुहागढीमा रहेको मगमग चाउचाउ उद्योगमा आगलागी भएको छ । आज बिहान ४ बजेदेखि उद्योगमा आगो लागेको हो । आगो निभाउन झापा, मोरङ, इलाम र सुनसरीका १२ दमकलको प्रयोग गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए । आगो अझै नियन्त्रणमा आइनसकेको दाहालले बताए। ठूलो सङ्ख्यामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी आगो निभाउन प्रयासरत छन् । २०७५ सालमा एक अर्ब रुपैयाँको लगानीमा स्थापना भएको यो उद्योगले मगमग, अकबरेलगायत चाउचाउ उत्पादन गर्दै आएको थियो । उद्योगका प्रबन्ध निर्देशक…

पुरा पढ्नुहाेस्

दाङमा आगलागी हुँदा ४ बालबालिकासहित ५ जनाको मृत्यु

माघ २८, काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका-५ मा रहेको चप्पल गोदाममा भएको आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ । ‘ङ’ लाइनमा रहेको इरम फुटवेयर चप्पल गोदाममा शुक्रबार बिहान २ बजेतिर आगो लाग्दा ५ जनाको निसास्सिएर मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीमा परी मृत्यु हुने पाँचमध्ये ४ बालबालिका रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । मृत्यु हुनेमा ५ वर्षका अबिददिन अली, १३ वर्षीया सजिता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस र ४० वर्षीय नजरदिन अली छन् । गोदाम रहेको चार तले घरमा…

पुरा पढ्नुहाेस्

एसएस फुटवेयरमा भीषण आगलागी

माघ २०, झापा । झापाको मेचीनगर-६ काँकडभिट्टा स्थित एसएस फुटवेयर (जुत्ता उद्योग) मा भीषण आगलागी भएको छ । बिहीबार बिहान करिब पौने १२ बजे उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । अहिले घटनास्थलमा बिर्तामोड, कमल र दमक गरी तीन वटा दमकलले आगो नियन्त्रणका लागि प्रयास गरिरहेको प्रहरी कार्यालय झापाले जनाएको छ । मेचीनगर नगरपालिकाको दमकल बिग्रिएर थन्काइएकाले उद्योगमा लागेको आगो समयमै नियन्त्रण आउन नसकेको स्थानीयवासी बताउँछन् । उद्योगमा आगलागी भएको ४५ मिनेटपछि मात्र दमकल घटनास्थल पुगेको थियो । आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयवासी…

पुरा पढ्नुहाेस्

न्युयोर्कको एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु

पुस २६, काठमाडौँ । अमेरिकाको न्युयोर्कमा एउटा अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । आगलागीमा मृत्यु हुनेमा ९ जना बालबालिका रहेको त्यहाँका मेयर एरिक एडम्सले बताएका छन् । अपार्टमेन्टमा भएको आगलागीमा परी घाइते भएका ३२ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये कयौँको अवस्था गम्भीर रहेको छ । अग्नि नियन्त्रण विभागका कमिस्नर डानियल निग्रोले १९ तले अपार्टमेन्टको हरेक तलामा बस्ने व्यक्तिहरु आगलागीको चपेटामा परेको बताएका छन् । उनँले न्युयोर्कमा तीस वर्ष यताकै ठूलो घटना भएको बताए ।

पुरा पढ्नुहाेस्

हेलम्बुको झाक्रिटोलमा आगलागी, तीन बालकको मृत्यु

मंसिर ७, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए । ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा सोमबार साँझ मकैको ढोड र सुकेको नलमा आगो सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहाेस्