कस्तो रहनेछ आजको मौसम ?

बैशाख २७, काठमाडौं । हाल देशमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव रहेको छ । आज देशका विभिन्न भागमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश–१, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सफा रहने महाशाखाले जनाएको छ…

पुरा पढ्नुहाेस्

यो वर्ष औसतभन्दा बढी वर्षा हुने आँकलन

वैशाख २४, काठमाडौं । यो बर्षको मनसुनमा देशका अधिकांश भागमा औसतभन्दा बढी वर्षा हुने आकलन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको हावापानी विज्ञान महाशाखाले आउँदो १८ जेठदेखि १४ असोजसम्म कायम रहने चार महीने मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार, आउँदो वर्षायाममा प्रदेश १ को उत्तरी क्षेत्र, मधेश प्रदेशको अधिकांश क्षेत्र र बागमतीको दक्षिणी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ । त्यस्तै, देशका बाँकी क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ६५ प्रतिशत…

पुरा पढ्नुहाेस्

आज पहाडी भू–भागको मौसममा बदली हुने

बैशाख २२, काठमाडौं । हाल देशमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यताया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा आंशिक बदली रहने छ । पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ भने…

पुरा पढ्नुहाेस्

कस्तो रहनेछ आजको मौसम ?

बैशाख १२, काठमाडौँ । हाल देशको पहाडी भू-भागमा स्थानीय वायु प्रभाव रहेको छ । हाल प्रदेश १ मा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज सोमबार दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ र गण्डकी प्रदेशको पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ ।…

पुरा पढ्नुहाेस्

कस्तो रहनेछ आजको मौसम ?

बैशाख ११, काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । प्रदेश १ र गण्डकी प्रदेशको एक…

पुरा पढ्नुहाेस्

कस्तो रहनेछ आजको मौसम ?

बैशाख १, काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज (बिहीबार) दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षाको सम्भावना छ । यस्तै राति देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश १, बागमती, गण्डकी र…

पुरा पढ्नुहाेस्

मौसमः पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

चैत ३०, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । आज प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । आज दिउँसो प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यता सफा रहनेछ । प्रदेश १ को पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षाको…

पुरा पढ्नुहाेस्

कस्तो रहनेछ आजको मौसम ?

चैत २७, काठमाडौं । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको प्रभाव रहेको छ । आइतबार बिहान प्रदेश १ मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । बाँकी प्रदेशको मौसम सामान्यतः सफा रहने जनाइएको छ । राति प्रदेश १‚ मधेश‚ गण्डकी र बागमती प्रदेशमा सामान्य बदली रही प्रदेश १ र गण्डकीका पहाडी भू-भागका एक वा दुई हल्का वर्षाको…

पुरा पढ्नुहाेस्

कस्तो रहनेछ आजको मौसम ?

चैत्र १७, हाल देशमा भारतको विहार आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा सामान्यतया मौसम सफा रहेको छ । दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति प्रदेश १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । ती प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । शुक्रबार प्रदेश…

पुरा पढ्नुहाेस्

मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना

चैत ११, काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । आज प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका धेरै ठाउँमा हावाहुरी चल्ने अनुमान छ । राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा…

पुरा पढ्नुहाेस्