वर्ड फ्लुको सङ्क्रमण कोरोनाभन्दा कति गुणा बढी खतरनाक हुन्छ ?

चैत्र २४, काठमाण्डौँ । वर्ड फ्लुको सङ्क्रमण द्रुत रूपमा महामारीको रूप लिन सक्ने र यसबाट हुने मृत्युदरलाई विचार गर्दा यो कोरोना महामारीभन्दा सय गुणा बढी खतरनाक साबित हुन सक्नेछ । एच५एन१ भाइरस गम्भीर अवस्थातर्फ गइरहेको र यसले विश्वव्यापी महामारी निम्त्याउन सक्ने ठुलो डर रहेको दाबी वैज्ञानिकहरूको दाबी छ । पिट्सबर्गमा वर्ड फ्लुबारे अनुसन्धान गरिरहेका एक वैज्ञानिकले यस्तो चेतावनी दिएका हुन् । एच५एन१ भाइरसले मानिसलगायत धेरै स्तनधारी जीवहरूलाई सङ्क्रमण गर्न सक्ने चेतावनी वैज्ञानिक डा सुरेश कुचिपुडीले दिएका छन् । कुचिपुडीका अनुसार भाइरस महामारी निम्त्याउन सक्ने दिशामा सर्दै गएको छ । वर्ड…

पुरा पढ्नुहाेस्

इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको भिडन्तमा २८ जनाको मृत्यु

चैत्र २३, काठमाण्डौँ । इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचिस्तानमा बुधबार राति भएको भीषण झडपमा परी कम्तीमा २८ जनाको मृत्यु भएको इरानको सरकारी समाचार संस्था इरनाले जनाएको छ । जैश अल–जुल्म नामक लडाकू समूहका सदस्यहरूले यस क्षेत्रका सेना र प्रहरीका कार्यालयहरूमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो । रिपोर्टका अनुसार रास्क काउन्टीमा इरानको ‘इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर आईआरजीसी’ को एक सैन्य चौकी, आईआरजीसी मुख्यालय र चाबहार काउन्टीमा कोस्टगार्ड प्रहरी कार्यालयलाई लक्षित गरी आक्रमण गरिएको थियो ।

पुरा पढ्नुहाेस्

ताइवानमा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

चैत्र २१, काठमाडौँ । ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर दक्षिणमा रहेको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।भूकम्पसँगै ताइवान र दक्षिणी जापानी टापुहरूमा सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।

पुरा पढ्नुहाेस्

भारतको पश्चिम बङ्गालमा आँधीका कारण पाँच जनाको मृत्यु

चैत्र २०, काठमाण्डौँ । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । आँधी जलपाईगुडी जिल्लाका विभिन्न भागमा आइतबार आएको थियो । बाढीले जलपाइगुडी शहर र छिमेकी मैनागुरीका धेरै क्षेत्रका धेरै घरहरूमा क्षति पुर्याएको छ र रूखहरू उखेलेको छ । “आँधीका कारण पाँच जनाको मृत्यु हुनुका साथै १०० भन्दा बढी घाइते भएका छन्,” एक अधिकारीले भने । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जीका अनुसार जिल्ला प्रशासन, प्रहरी, विपद् व्यवस्थापन अधिकारी र द्रुत प्रतिकार्य टोलीहरू उद्धार…

पुरा पढ्नुहाेस्

बाल्टिमोरमा कार्गो पानीजहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु

चैत्र १४, काठमाण्डौँ । अमेरिकाको बाल्टिमोरमा एउटा कार्गो पानी जहाज पुलमा ठोक्किँदा ६ जनाको मृत्यु भएको आशंका गरिएको छ । उर्जा प्रणालीमा समस्या आएको एउटा कार्गो पानी जहाज बाल्टिमोर हार्बर नजिकको पुलमा ठोक्किँदा केही सवारी साधन नदीमा खसेका थिए । घटनामा पुल क्षतिग्रस्त भएको छ । पुल मर्मत गरिरहेका ६ जना मजदुर नदीमा डुबेर वेपत्ता भएको बताइएको छ । यो घटनापछि अमेरिकी पूर्वी समुद्रीतटमा सबैभन्दा व्यस्त बन्दरगाहमध्ये एक बाल्टिमोर बन्दरगाह बन्द गरिएको छ । यूएस कोस्ट गार्ड र मेरिल्याण्ड राज्यका पुलिस अधिकारीहरूले हराएकाहरु जिवितै फेला पर्ने संभावना सकिएको भन्दै उद्धार…

पुरा पढ्नुहाेस्

गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

चैत्र १३, काठमाण्डौँ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका थिए । यो प्रस्तावको मतदानमा अमेरिकाले भिटो प्रयोग नगरेको भन्दै इजरायल क्रुद्ध बनेको हो । सोमबार गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै सुरक्षा परिषद्‍मा ल्याइएको प्रस्ताव स्वीकृत भएको थियो । समाचार एजेन्सी…

पुरा पढ्नुहाेस्

रुसी कन्सर्ट हलमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ पुग्यो‍

चैत्र ११, काठमाण्डौँ । रूसको मस्कोस्थित सिटीहलको कन्सर्टमा भएको गोली काण्डमा मृत्यु हुनेको संख्या १३३ पुगेको छ ।बिबिसीमा उल्लेख भए अनुसार आइतबार बिहानसम्म मृत्यु हुनेको संख्या १३३ पुगेको हो । रुसी अधिकारीहरूका उपनगरीय मस्को कन्सर्ट हलमा भएको उक्त आक्रमणमा संलग्न रहेको आरोपमा ४ जना बन्दुकधारीलाई प्रहरीले पक्राउ गरेको छ । गोली चलेपछि भागदौड हुँदा हलभित्र छिरेकाहरू आगलागीपश्चात त्यहीँ फसेका थिए । सुरक्षानिकायले ६ घण्टा लगाएर त्यहाँको आगो निभएको थियो। रूसी मिडियाहरूले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।

पुरा पढ्नुहाेस्

मस्को हमलामा निधन भएकाहरू प्रति नेपालद्वारा दुःख व्यक्त

चैत्र १०, काठमाडौँ । नेपाल सरकारले रुसको राजधानी मस्कोमा शुक्रबार साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलामा निर्दोष नागरिकले ज्यान गुमाएको तथा घाइते भएको खबरले स्तब्ध भएको जनाएको छ । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । “नेपाल सरकार आफ्नो सैद्धान्तिक अडानअनुसार सबै प्रकारका आतङ्कवादको निन्दा र भत्र्सना गर्दछ, आतङ्कवाद जहाँ र जहिलेसुकै भए पनि त्यसलाई दृढतापूर्वक तथा दृढताका साथ सामना गर्नुपर्ने धारणा राख्छ,” विज्ञप्तिमा उल्लेख छ । नेपाल सरकारले मस्कोमा आतङ्कवादी हमलामा घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त जघन्य कार्यमा…

पुरा पढ्नुहाेस्

रुसको कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा ६० जनाको मृत्यु

चैत्र १०, काठमाण्डौँ । रुसमा एउटा कन्सर्ट हलमा हतियारधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा घाइते भएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार रुसी मानव अधिकार आयोगले यसलाई आतंकवादी हमला भनेको छ । रुसी समाचार एजेन्सीका अनुसार यो घटना मस्को नजिकैको क्रोकस सिटी हलमा भएको हो । यहाँ कन्सर्ट हुन लागेको थियो । बीबीसी रसियाका सम्पादक स्टिभ रोजेनबर्गका अनुसार कन्सर्टअघि भेषमा हलभित्र प्रवेश गरेका हतियारधारीहरूले अन्धाधुन्ध गोली चलाउन थालेका थिए ।

पुरा पढ्नुहाेस्

भ्रष्ट्राचारको आरोपमा दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

चैत्र ९,काठमाडौँ । प्रवर्तन निर्देशनालय ९ईडी०को टोलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पक्राउ गरेको छ । केन्द्रीय वित्त मन्त्रालय, राजश्व विभाग मातहतको ईडीको टोली बिहीबार मुख्यमन्त्रीको घरमा पुगेको थियो । दुई घन्टा लामो सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दिल्ली सरकारकी मन्त्री एवं आम आदमी पार्टीकी नेता आतिशीले केजरीवालको गिरफ्तारी बीजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक षड्यन्त्र भएको बताइन् । उनले भनिन्, प्रधाानमन्त्री मोदीलाई कुनै एक नेताको डर छ भने उनी अरविन्द केजरीवाल हुन् ।’ दिल्लीको मदिरा नीतिलाई लिएर ईडीले केजरीवालमाथि छानबिन गर्दै आएको थियो ।

पुरा पढ्नुहाेस्