मोदी किन जाँदैछन लगातार चिन भ्रमणमा ?

जेठ २५,काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबारै चीन भ्रमणमा जाने भएका छन ।
केही हप्ता अगाडी चीनको भ्रमण गरेका मोदी छोटो समयमै फेरी चीनको भ्रमण गरेर राष्ट्रपति सि चिन फिङलाई भेट्ने भएका हुन।
त्यतिवेला उनीहरु बीचमा भएको भेटवार्ताका क्रममा सिमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडी बढ्ने समझदारी भएको थियो ।

विश्वमै चर्चित दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघाइ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।

उनीहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्ने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।
व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् ।

संम्बन्धित समचार

Leave a Reply