पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान हुने

फागुन २४, पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि रात्रीकालिन उडान सुरु हुने भएको छ । रात्रीकालिन उडानको लागि सबै प्रविधि र जनशक्ति उपलब्ध भएका कारण उडान सुरु गर्न थालिएको विमानस्थलले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडान नहुँदा आन्तरिक उडानलाई भएपनि रात्रीकालिन उडान सुरु गर्न लागिएको हो । पोखरामा रात्रीकालिन उडान गर्नको लागि केहि कम्पनीले इच्छा देखाइसकेका विमानस्थलका प्रमुख प्रमुख विक्रमराज गौतमले बताए ।

उनका अनुसार रात्रीकालीन उडानका लागि हालसम्म बुद्ध एयरले चारवटा जहाज पोखरामै रात्री विसान गर्दै उडान गर्न तालिका पेस गरेको छ ।
आइएफआर कार्यान्वयनमा आएसँगै पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कोरियन एयर, विज एयर, हिमालय, नेपाल वायुसेवा निगम लगायत अन्तर्राष्ट्रिय वायुसेवा चासो देखाएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संम्बन्धित समचार

Leave a Reply