नागढुंगा–नौविसे सडक खण्डमा सवारी आवागमन सहज

असोज १२, काठमाडौं । काठमाडौंको नागढुंगा–नौविसे सडक खण्डमा आजदेखि आवागमन केही सहज भएको छ ।

ठूलाखाले ढुवानीका साधनहरुको प्रवेश रोकिएपछि जामको समस्या सहज भएको हो । यातायात व्यवस्था विभागले असोज १२ गतेदेखि १८ गतेसम्मका लागि १० पांग्रे ढुवानीका साधनलाई चितवनै रोकेको छ । अत्यावश्यकीय सामग्री लिएर आउने ढुवानीका साधनलाई भने राति ९ बजे देखि बिहान ६ बजेसम्म उपत्यका प्रवेश गरिसक्नुपर्ने नियम लगाइएको छ ।

यस सडकमा सवैभन्दा बढी समस्या नागढुंगादेखि १ किलोमिटर पर पिप्लाको ढलाने मोडमा हुने गरेको छ । यस ठाउँमा घुम्तीमा भत्किएको सडकका कारण मालबाहक गाडीहरु सहज रुपमा अघि बढ्न नसक्दा जामको समस्या आउने गरेको छ ।

सो सडक खण्डमा बारम्बार जामको समस्या बल्झिएपछि ट्राफिक प्रहरी निरीक्षकको कमाण्डमा ९ जना ट्राफिक प्रहरी यहाँ परिचालन गरिएको छ ।

संम्बन्धित समचार

Leave a Reply