मध्यपुरथिमि नगरपालिकामा घरघरमा स्वास्थ्यकर्मी, स्वाब संकलन सुरु

चैत्र १५,काठमाडौँ । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरक्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन आवश्यक सम्पूर्ण तयारी गरेको छ ।

नगरपालिकाले प्रत्येक वडामा स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै कोरोना सङ्क्रमित कोही आइहाले तत्कालै उपचार गर्नका लागि २४ घण्टा चिकित्सक सहितको टोलीलाई तयारी अवस्थामा राखेको छ ।

विदेशबाट आएका नागरिकको पहिचान गरि उनीहरुको घरघरमा स्वास्थ्यकर्मीको टोली परिचालन गर्दै स्वास्थ्य परीक्षणदेखि स्वाब संकलन सुरु गरेको छ । ‘मध्यपुरथिमिमा विदेशबाट फर्किएका प्रत्येक नागरिकको पहिचान गर्दै घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर ज्वरो नाप्ने, ट्राभल हिस्ट्रीदेखि सबै डाटा लिने गरेका छौ’, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने “टेकु अस्पतालबाट किट ल्याएर शंकास्पद व्यक्तिको स्वाब संकलन गरी टेकु पठाउन सुरु गरेका छौ ।’

विदेशबाट फर्किएकालाई होम क्वारेन्टाइनमा राखेको जानकारी दिँदै उनले शंकास्पद व्यक्ति आए उपचार गर्न आइसोलेसनदेखि डाक्टरको टोली तयारी अबस्थामा राखेको जानकारी दिए । नगरपालिकाले अहिलेसम्म वडा नं. ५, ६ र ९ मा विदेशबाट फर्किएका ३० जनाको पहिचान गरि स्वास्थ्य परीक्षण गरेको छभने विदेशबाट फर्किएका अन्य वडाको पनि खोजी एवं लगन संकलन सुरु गरेको छ । विदेशबाट फर्किएकालाई स्वास्थ्य निगरानीमा राखिएको छ ।

मध्यपुर नगरपालिकाद्वारा संचालित नेपाल कोरिया नगरपालिका मैत्री अस्पतालमा चारवटा भेन्टिलेटरसहित कोरोना संक्रमित मात्रै बोक्नका लागि एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ । मध्यपुरथिमिका मात्रै नभई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा शैया अभाव भएमा यहाँ उपचारमा गर्न सकिने गरी त्यारी अबस्थामा राखिएको छ । संक्रमितको उपचारमा खटिने चिकित्सकको टोलीका लागि आवश्यक पिपिइ सेट सहित सबै सामाग्री तयारी छ ।

‘कोरोना संक्रमित विरामीको उपचारका लागि हामी तयारी अबस्थामा छौ, हाम्रो अस्पतालमा अहिले चार वटा भेण्टिलेटर सहित आईसियू तयारी छ, दुईवटा भेण्टिलेटर थप्ने तयारीमा छौ’, नगरप्रमुख श्रेष्ठले भने, ‘चिकित्सक सहित स्वास्थ्यकर्मीको टोली २४ सै घण्टा तयारी अबस्थामा राखेका छौ, अस्पतालको नयाँ ब्लक र भवनमा तत्काल १६ शय्याको आइसोलेसन वार्ड तयारी छ, एउटा गेष्टहाउसलाई क्वारेन्टाइनका लागि तयारी अबस्थामा राखेका छौ ।’ आवश्यकता पर्दा आइसोलेसन वार्डलाई ४० शैयासम्म पुर्याउने गरि तयारी गरेको छ ।

अस्पताल नजिकैको गेष्ट हाउसलाई विरामीको उपचारमा २४ सै घण्टा खटिन अलर्टमा रहेका डाक्टरसहितको टोलीका लागि आवासीय व्यबस्था गरेको जानकारी दिदै नगरप्रमुख श्रेष्ठले गेष्ट आउस मै क्वारेन्टाइनको समेत व्यबस्था गरेको बताए । उनले गेष्ट हाउस र बोडेको कृषि विकास बैंकको तालिम भवनमा गरि ७० जना क्षमताको क्वारेन्टन तयारी अबस्थामा राखेको जानकारी दिदै आवश्यक परे यसलाई थप्दै जाने बताए ।

प्रत्येक वडाको स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीलाई परिचालन गरेको छ । अस्पतालले नयाँ संचालनमा ल्याएको ल्याबमा कोरोनासंग मिल्दोजुल्दो लक्षणको परीक्षण सुरु गरेको छ । स्वाब परीक्षण र संक्रमितको पहिचानका लागि भने टेकु अस्पताल मै पठाउने गरेको छ । नगरपालिकाले भाइरस निर्मलीकरण स्प्रे छर्न सुरु गरेको छ । बाहाखा बजार सहित भित्री बस्तीमा स्प्रे छरेको छभने आवश्यकता र माग अनुसार आज अन्य क्षेत्रमा पनि स्प्रे छर्ने भएको छ ।

संम्बन्धित समचार

Leave a Reply