राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

वैशाख २०, काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ । जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो । सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमध्ये खेल संघका लागि तीन अर्ब ४७ करोड, प्रदेशका लागि ३६ करोड ५१ लाख र स्थानीय तहका लागि १४ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो । जसमा युवाको बजेट कटौती गरेर तीन अर्ब रुपैयाँ खेलकुदलाई आएको थियो । अघिल्लो आर्थिक बर्षमा चार करिब अर्ब १९ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो । चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपनि आर्थिक वर्ष सकिनै लाग्दा तोकिएको बजेट खर्च हुन नसकेर ५० करोड जति फ्रिज हुने भएको हो ।

संम्बन्धित समचार

Leave a Reply