नेप्से आज पनि बढ्यो, कति भयो कारोवार ?

माघ ५, काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज सोमबार पनि बढेको छ । नेप्से परिसूचक सोमबार १७।३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । यो दिन १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ ।

५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेरै गिरावट समृद्धि फाइनान्सको ४।१४ प्रतिशतले भएको छ । बजार बढेसँगै बजार परिसूचक र पुँजीकरण समेत हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सोमबार कूल बजार पूँजीकरण २३ अर्बले बढेर ३१ खर्ब ४१ अर्ब पुगेको छ ।

 

संम्बन्धित समचार

Leave a Reply