पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपात

माघ २३ काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिमी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दीपायलमा ८ मिलीमिटर, डडेल्धुरामा ९ दशमलव ७ मिलीमिटर, वीरेन्द्रनगरमा २ दशमलव ७ मिलीमिटर वर्षा भएको छ ।

यस्तै, नेपालगन्जमा ३ दशमलव ८, जुम्लामा ८ दशमलव ३, दाङको घोराहीमा शून्य दशमलव ३ र पोखरामा शून्य दशमलव २ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए।

यस्तै, अहिले वर्षासँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ ।

लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दङ्ग परेका छन् । सुदूरपश्चिमको डोटी, बाजुरा र बझाङमा हिमपात भएको छ ।

बाजुराको बडिमालिका नगरपालिका, बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, स्वामिकार्तिक गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, हिमाली गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीवार रातिदेखि नै हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा वर्षा भइरहेको छ ।

यस्तै डोटीको लेकाली क्षेत्रका साथै प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात भएको छ ।

 

संम्बन्धित समचार

Leave a Reply