हिमपातले विभिन्न राजमार्ग अवरुद्ध, जनजीवन कष्टकर

माघ २१, काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावले अहिले देशभर हिमपात र बर्षा भैरहेको छ । अहिले काठमाडौँ उपत्यकाका डाँडा हिउँले ढाकेर सेत्ताम्मे भएको छ । हिमपातकै कारण विभिन्न राजमार्ग अवरुद्ध भएको छ भने चिसोले जनजीवन कष्टकर बनेको छ । उत्तरी क्षेत्र मकवानपुरको दामन र सिम्भञ्ज्याङ क्षेत्रमा शुक्रबार बिहानै देखि बाक्लो मात्रामा हिउँ परेको छ । वर्षासँगैको हिमपातले त्रिभुवन राजपथ हुँदै हेटौँडा काठमाडौँतर्फको यातायात अवरुद्ध भएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । हेटौँडाबाट काठमाडौँतर्फ प्रस्थान गरेका सवारी त्रिभुवनराजपथको अघोरमा रोकिएको र आज अपरान्हसम्म मौसम सुधार भएमा हिउँ पन्छाएर…

पुरा पढ्नुहाेस्

हुम्लामा भारी हिमपात, जनजीवन कष्टकर

पुस २५, हुम्ला । शुक्रबार बेलुकादेखि लगातार परेको हिमपातले हुम्ला सदरमुकाम सिमकोट सेताम्या भएको छ । एक फिट जमेको हिउँले गर्दो स्थानीयवासीलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । यहाँको तापक्रम माइनस १२ भन्दा तल झरेपछि जाडो अत्यधिक बढेको छ । हिमपातले नाम्खा गाउँपालिकाको मलिमी, मुचुलगायतका क्षेत्रमा चार फिट हिउँ जमेको तुमकोटका स्थानीयवासी छपाल लामाले जानकारी दिए । उनले भने, ‘यस वर्षकै ठूलो हिमपात भयो । घरभन्दा बाहिर निस्कन सकिएको छैन । चिसोले खानेपानीका धारा तथा खोलाका पानी समेत जमेका छन् ।’ अत्यधिक चिसो र हिमपात भइरहेका कारण सिमकोट सुनसान…

पुरा पढ्नुहाेस्

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः अधिकांश स्थानमा वर्षा र हिमपात

पुस १४, काठमाडौं । हाल पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेको छ । हिमपातका कारण अधिकांश पहाडी राजमार्ग अवरुद्ध भएका छन् भने नियमित उडान समेत सञ्चालन हुन सकेका छैनन् । फुलचोकी, शिवपुरी चन्द्रागिरिलगायत काठमाडौं आसपासका डाँडाहरुमा बिहानैदेखि हिउँ परिरहेको छ । मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई उडान तथा यातायातसमेत अवरुद्ध भएको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावती तथा परामर्श जारी गर्दै देशभर चिसो बढ्ने क्रममा रहेकाले त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।…

पुरा पढ्नुहाेस्

पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपात

माघ २३ काठमाण्डौ । पश्चिमी वायुको प्रभावका कारण अहिले पश्चिमी क्षेत्रका धेरैजसो ठाउँमा पानी परिरहेको छ । दीपायलमा ८ मिलीमिटर, डडेल्धुरामा ९ दशमलव ७ मिलीमिटर, वीरेन्द्रनगरमा २ दशमलव ७ मिलीमिटर वर्षा भएको छ । यस्तै, नेपालगन्जमा ३ दशमलव ८, जुम्लामा ८ दशमलव ३, दाङको घोराहीमा शून्य दशमलव ३ र पोखरामा शून्य दशमलव २ मिलीमिटर पानी परेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए। यस्तै, अहिले वर्षासँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका हिमाली जिल्लामा हल्कादेखि मध्यम खालको हिमपात भइरहेको छ । लामो समयपछि वर्षा र हिमपात परेपछि किसान दङ्ग परेका छन् । सुदूरपश्चिमको…

पुरा पढ्नुहाेस्

हिमपातले जनजीवन निकै कष्टकर

माघ २३ डोल्पा। डोल्पाका विभिन्न उच्च बस्तीहरुमा हिमपात भएको छ । हिमपातले जनजीवन निकै कष्टकर बनेको छ । जनजीवन चिसो बने पनि कृषकहरु भने निकै खुसी भएका छन् । यस जिल्लाका धो, साल्दाङ, छार्का, फोक्सुण्डो, पाहाडा, लिकु, हुम, रिमी, काइगाउँ, माझफाल, काइके, रह, सर्मी, होर्त, ओक्ट, तिन्जे, भिजेर, थाला, तिप्ला लगायतका विभिन्न उच्चबस्तिहरुमा बाक्लो हिमपात भएको छ । हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपातले पशुबस्तुहरुलाई काटेर राखिएको घाँस, नल हालेर गोठमै थुन्नुपर्ने भएको छ । पानी लिन धारासम्म जान कठिनाइ भएको त्रिपुरासुन्दरी नगरपालिका ११ का गणेशमान पुनले बताए ।…

पुरा पढ्नुहाेस्

जापानमा हावाहुरी र हिमपात एकैदिन झण्डै एक सय उडान रद्द

माघ १७ काठमाण्डौ । जापानमा शुक्रबार हावाहुरी र हिमपातका कारण एकैदिनमा झण्डै एक सय उडान रद्द भएका छन् । अत्याधिक हावाहुरी र हिमपात विशेष गरेर देशको उत्तरी भागमा परेको हो ।जापानका सबैभन्दा ठूला विमान सेवा प्रदायक कम्पनी मानिने अल निप्पन एयरवेज (एएनए) र जापान एयरलाइन्स (जेएएलले) मात्रै क्रमशः ४६ र ३४ ओटा उडान रद्द गरेको जनाइएको छ । धेरै उडान होकाइदो र उत्तरी होन्शुबाट हुने उडान रहेको अधिकारीहरुले जानकारी दिएका छन् । कुल ९८ ओटा उडान रद्द भएको हो । होकाइदोमा शुक्रबार प्रति सेकेण्ड ३० मिटरको गतिमा हावा हुरी आएको…

पुरा पढ्नुहाेस्