अब मालामाल हुने पालो तपाईको ! बैशाख १३ गतेदेखि १२ करोड कित्ता निष्काशन हुने सबैले पाउने

बैशाख १०, काठमाण्डौ । बजारमा लगानी गरी ढुक्क संग प्रतिफल प्राप्त गर्न र नयाँ नयाँ शेयर बजार प्रबेश गरेकालाई एनआईबिएल एस क्यापिटल लिमिटेडले वैशाख १३ गतेदेखि एनआईबिएल समृद्धि फण्ड–२ को १२ करोड इकाई निष्काशन तथा विक्री गर्ने भएको छ । एनआईबिएल म्यचुअल फण्ड अन्तर्गत यस योजना सञ्चालन हुन लागेको हो । एनआईबिएल समृद्धि फण्ड–२ बन्दमुखी योजना हो ।

एनआईबिएल समृद्धि फण्ड–२ यस योजनाको कुल इकाईमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल र २ करोड ३० लाख कोष प्रबर्द्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई छुट्याएर बाँकी ९ करोड ६० लाख इकाई सर्वसाधारणमा सार्वजनिक निष्काशन हुनेछ ।

प्रतिइकाई १० अंकित मूल्यको इकाई खरिदका लागि न्यूनतम १०० देखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ । यो इकाईमा छिटोमा बैशाख १६ गते र ढिलोमा बैशाख २७ गतेसम्म विक्रीमा रहनेछ ।

उक्त इकाई खरीदका लागि एनआईबिएल एस क्यापिटलसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ । साथै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ ।

 

संम्बन्धित समचार

Leave a Reply