नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

भाद्र २६,काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु भएको हो।

विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुनेछ ।

सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

एमालेले असोज ४, ५ र ६ गते काठमाण्डौमा विधान महाधिवेशन गर्दैछ ।

संम्बन्धित समचार

Leave a Reply