तीन एआईजीको दरबन्दी थप गर्ने निर्णय

फागुन ६, काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी)को दरबन्दी थप गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तीन जना एआइजीको दरबन्दी थप गर्ने निर्णय भएको हो ।

प्रहरी प्रधान कार्यालय नक्सालले तीन जना एआईजीको दरबन्दी थप गर्न संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको थियो । प्रहरी प्रधान कार्यालयको प्रस्तावलाई अध्यायन गरेर गृह मन्त्रालयले एआईजी थप गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको थियो ।

हाल नेपाल प्रहरीमा प्राविधिक सहित ६ जना एआईजीको दरबन्दी छ । हाल एआईजीमा हरिबहादुर पाल, प्रधुम्‍न कार्की, निरजबहादुर शाही, विश्वराज पोखरेल, सहकुल थापा र प्राविधिक तर्फ डा आशा सिंह छन् ।

एआईजी थप गरेपछि हाल प्रहरीभित्र रहेका विभाग र ब्युरोमा डीआईजीको ठाउँमा एआईजी राख्ने तयारी भइरहेको छ । तीन वटा दरबन्दी थप गर्ने निर्य भएसँगै अब नेपाल प्रहरीमा एआईजीको संख्या ९ पुगेको छ। नेपाल प्रहरीमा दरबन्दी थप गरेर १६ जनासम्म एआईजी पुगेको रेकर्ड छ ।

दरबन्दी थप हुने भएसँगै एआइजी बढुवामा दौडधुप पनि सुरु भइसकेको छ। एआइजी बढुवामा डीआईजी धीरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदी, ईश्वरबाबु कार्की लगायत १२ भन्दा बढी आकांक्षी छन् ।

संम्बन्धित समचार

Leave a Reply