स्थानीय चुनावविरुद्धको रिटमा आज सुनुवाई हुदै

चैत २८, काठमाडौँ । आगामी वैशाख ३० गतेको स्थानीय चुनाव रोक्न माग गर्दै दाएर रिटमा सर्वोच्च अदालतले आज सुनुवाइ हुदैछ । महोत्तरीको भँगाहा नगरपालिका मेयर सञ्जीवकुमार साह र पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दर्ता गराएको रिटमा आज सुनुवाई हुन लागेको हो ।

उनीहरुको रिटमा तेस्रो चरणमा अर्थात् २०७४ असोजको निर्वाचनबाट निर्वाचित भएकाले सोही अवधिसम्म काम गर्न पाउनुपर्ने माग गरिएको छ । त्यसमध्ये आज (सोमबार) चौरासियाको रिट पेसी रहेको छ । यसअघि कारण देखाऊ आदेश जारी भएको चौरासियाको रिटमा दोस्रो सुनुवाइ हुन लागेको हो ।

फागुन १३ गते दर्ता गरिएको उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । आदेशमा सञ्जीवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत भएको छ । दुवै रिटमाथि आज छलफल भएर अन्तिम फैसला निर्वाचन अघि हुन सक्ने सम्भावना छ ।

उक्त दिन अन्तरिम आदेश जारी भएन भने निर्वाचनमा कुनै असर पर्ने छैन । अर्को पेसी स्थानीय निर्वाचनपछि जाने भएकाले निर्वाचनका लागि बाटो खुल्ला हुनेछ । सर्वोच्चले दुवै मुद्दा एकै प्रकृतिको भएको र मागदावी पनि एकै देखिएकाले सँगै राखेर सुनुवाइ गराउनका लागि सोमबारको समय तोकिएको जनाएको छ ।

सोमबार अन्तरिम जारी भएमा भने निर्वाचन सजर्न सक्नेछ। तर आदेश जारी नभएमा निर्वाचन आयोगलाई आफ्नो काम गर्न कुनै बाधा नहुने सर्वोच्चले जनाएको छ ।

साहको रिटमा फागुन ११ गते पहिलो सुनुवाइ भएको थियो। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले अन्तरिम जारी नहुने भन्दै लिखित जवाफ मागेर कारण देखाउ आदेश जारी गरेको हो । मेयर साहको मुद्दा वैशाख २ गतेका लागि साधारण तारेखमा रहेको छ । उक्त मितिपछि पेसी तोकिने भएकाले यो मुद्दाको सुनवाइ सम्भवतः वैशाख ३० को निर्वाचनपछि नै हुनेछ ।

संम्बन्धित समचार

Leave a Reply