बिन्ध्यबासिनी हाइड्रोपावरले वैशाख ११ गतेदेखि आईपीओ निष्काशन गर्ने

बैशाख २, काठमाडौँ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ११ गतेदेखि आयोजना प्रभावित क्षेत्रका वासिन्दाहररूका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १० लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले आयोजनाको मुख्य संरचना क्षेत्र भित्र पर्ने लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिकाको वडा नं. ५, ६ र ७ तथा कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. ८ र ९का स्थानीय बासिन्दाहरूका लागि ७ लाख कित्ता शेयर सुरक्षित गरी बाँकी रहेको ३ लाख कित्ता शेयर लमजुङ्ग जिल्लाको आयोजनाको मुख्य संरचना जोडिएका क्व्होलासोथार गाउँपालिका तथा कास्की जिल्लाको मादी गाउँपालिकाका बाँकी सबै वडाहरूका स्थानीय बासिन्दाका लागि निष्कासन गर्न लागेको हो।

उक्त आईपीओमा आवेदन छिटोमा वैशाख २५ गते दिन सकिने छ भने ढिलोमा जेठ ९ गतेसम्म आवदेन दिन सकिने छ । आईपीओमा सानिमा बैंकको बिरौटा तथा पोखरा शाखा कार्यालय, सिभिल बैंकको मालिङ्ग शाखा कार्यालय, कामना सेवा विकास बैंकको कास्की तथा बेशिशहर शाखा, पोखरा फाइनान्सको पोखरा तथा बेशिशहर शाखा र आयोजनाको कार्यस्थलबाट आवेदन दिन सकिनेछ । यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी प्लस आईएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

संम्बन्धित समचार

Leave a Reply