युनाईटेडको गोलपोष्टमा ४ गोल

बैशाख ७, काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा लिभरपुलले म्यानचेस्टर युनाईटेडलाई ४-० गोल अन्तरले हराएको हो ।

लिभरपुललाई जित दिलाउन मोहमद सलाहले दुई गोल गरे । लुइस डियाज र साडियो मानेले एक एक गोल गरे ।

जितसँगै लिभरपुल शीर्ष स्थान उक्लिएको छ । लिभरपुलले ३२ खेल ७६ अंक जोडेको छ । लिभरपुल दोस्रो स्थानको सिटी भन्दा २ अंकले अघि रहेको छ ।

युनाईटेड ५४ अंक जोडेर छैटौं स्थान रहेको छ ।

संम्बन्धित समचार

Leave a Reply