पीएसजीले लिललाई हरायो

कार्तिक १३, काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले लिललाई २-१ गोल अन्तरले हराएको हो । घरेलु मैदानमा सुरुआती एक गोलको अग्रता उल्टाएर पीएसजीले जित निकालेको हो । खेलको ३१ औं मिनेटमा जोनाथन डेभिडले गोल गर्दै लिललाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७४ औं मिनेटमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई १-१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ८८ औं मिनेटमा एन्जल डी मारियाले गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए । यस जितसँगै पीएसजीले १२ खेलमा…

पुरा पढ्नुहाेस्

काराबाओ कपः म्यानचेस्टर सिटी बाहिरियो

कार्तिक ११, काठमाडौं । साविक विजेता म्यानचेस्टर सिटी काराबाओ कप फुटबलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा वेस्ट ह्याम युनाईटेडसँग पेनाल्टी सुटआउटमा ५-३ ले हारेपछि सिटी बाहिरिएको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा वेस्ट ह्याम सफल हुँदै क्वाटरफाइनलमा पुगेको छ । पेनाल्टीमा वेस्ट ह्यामका मार्क नोबल, जारोड बोवेन, क्रेग डासन,आरोन क्रेस्वेल र साइद बेन्ह्रामाले गोल गरे । सिटीका ज्याक ग्रेलिस, ग्राबियल जिसस र जोआ कान्सेलोले गोल गरे । सिटीका फिल फोडेनले गोल गर्न सकेनन् । टोटेनहम र लेस्टर सिटी पनि क्वाटरफाइनलमा…

पुरा पढ्नुहाेस्

काराबाओ कपः आर्सनल अन्तिम आठमा

कार्तिक १०, काठमाडौं । आर्सनल काराबाओ कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । मंगलबार राति लिड्स युनाईटेडलाई २-० गोल अन्तरले हराउँदै आर्सनल अन्तिम आठमा पुगेको हो । आर्सनलको जितमा कलुम चाम्बर्स र एडी एनकेटियाले एक एक गोल गरे । खेलको ५५ औं मिनेटमा चाम्बर्सले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६९ औं मिनेटमा एनकेटियाले गोल गर्दै आर्सनललाई २-० को जित दिलाए । काराबाओ कपको क्वाटरफाइनल ‘ड्र’ आइतबार सार्वजनिक हुनेछ ।

पुरा पढ्नुहाेस्

नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज

कार्तिक ०५, काठमाडौं । नेपाल र इन्डोनेसियाको मैत्रीपूर्ण खेल आज शुक्रबार हुँदैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तानसँग अक्टोबर २८ मा खेल्दा अन्तिम खेल लेबनानसँग…

पुरा पढ्नुहाेस्

यूईएफए च्याम्पियन्स लिगः मेस्सी चम्किदा पीएसजीको जित

कार्तिक ०३, काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा लियोनल मेस्सीले दुई गोल गरे । केलियन एमबाप्पेले एक गोल गरे । लाइपजिगका आन्द्रे सिल्भा र नोर्डी मुकिलीले एक एक गोल फर्काए । खेलको नवौं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा सिल्भाले गोल गर्दै लाइपजिगलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५७ औं…

पुरा पढ्नुहाेस्

क्रिस्टल प्यालेससँग आर्सनलको बराबरी

कार्तिक ०२, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरी खेलेको हो । घरेलु मैदानमा खेलको आठौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा फर्काए । खेलको ७३ औं मिनेटमा ओड्सोन एड्वार्डले गोल गर्दा प्यालेसले २-१ को अग्रता बनायो । तर, खेलको इन्जुरी समयमा एलेक्सजेन्ड्र लाकाजेट्टीले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याएर हारबाट जोगाए । यस बराबरीसँगै आर्सनलले ८…

पुरा पढ्नुहाेस्

साफः नेपाल र भारत आज भिड्दै

असोज २४, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज आइतबार भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार राति ९:४५ सुरु हुनेछ । सात पटकको च्याम्पियन भारतविरुद्ध मैदान उत्रदा नेपाललाई सहज हुने छैन । तर, सुरुआती दुई खेलमा जित निकालेको नेपाल उच्च आत्मविश्वासको साथ मैदान उत्रनेछ । भारतविरुद्धको खेल नेपालको लागि महत्वपूर्ण रहेको छ । साफ जित्ने लक्ष्यसहित माल्दिभ्स पुगेको नेपाल भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्न चाहन्छ । प्रतियोगितामा नेपाल २ खेलमा ६ अंक…

पुरा पढ्नुहाेस्

यूईएफए लिगः इटालीलाई हराउँदै स्पेन फाइनलमा

असोज २१, काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित इटालीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन फाइनलमा पुगेको हो । स्पेनलाई जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । इटालीका लोरेन्जो पेल्लिग्रिनीले एक गोल फर्काए । खेलको १७ औं मिनेटमा टोरेसके गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा लियोनार्दो बोनुचीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इटाली १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोरेसले व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई २-० को अग्रता…

पुरा पढ्नुहाेस्

साफः श्रीलंकालाई हराउँदै नेपाल शीर्ष स्थानमा

असोज १९, काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए । रोमान्चक बनेको खेलको ३३ औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । खेलको ४६ औं मिनेटमा २५ यार्ड टाढाबाट अन्जनको…

पुरा पढ्नुहाेस्

साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुआत

असोज १६, काठमाडौं । नेपालले माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । मालेमा शुक्रबार राति भएको खेलमा साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको हो । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा नेपाललाई जित दिलाउन मनिष डाँगीले निर्णायक गोल गरे । परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका मनिषले खेलको ८६ औं मिनेटमा निर्णायक गोल गरे । काउन्टर अट्याकमा घरेलु टोलीका तीन डिफेन्डरलाई बिट गर्दै उनले उत्कृष्ट गोल गरे । नेपालको लागि उनको यो दोस्रो गोल हो । मनिष खेलको ८०…

पुरा पढ्नुहाेस्