समाजवादीको पोलिटब्यूरो बैठक आज पनि बस्दै, पार्टीमा सहभागी हुने/नहुनेमा ठोस निर्णय आउने !

पौष १९, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज ११ बजे पुन बस्दै छ । आज बस्ने पोलिटब्यूरो बैठकले सरकारमा जाने वा नजाने विषयमा टुङ्गो लगाउनेछ । पोलिटब्यूरो बैठकमा आज बाँकी नेताले धारणा राख्ने छन् । हिजो ३० नेताले आफ्नो धारणा राखेका थिए । वामपन्थी शक्तिसँग एकताका विषयमा प्राथमिकता दिनुपर्नेमा अधिकांश नेताको साझा धारणा देखिएको छ । बैठकमा अध्यक्ष माधव कुमार नेपालले सरकारमा नजाने प्रस्ताव पेश गरेका छन् । नेपालले पछिल्लो पटक नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुट्नुको कारण र सो गठबन्धन कायम हुन नसकेपछि विकास भएको राजनीतिक घटनाक्रमका बारे…

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक जारी

पौष १८, काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक केन्द्रीय कार्यालय आलोकनगरका सुरु भएको छ । पार्टी सरकारमा सहभागी हुने नुहुने विषयमा छलफल गर्न पोलिटब्यूरो बैठक बसिरहेको हो । यसअघि शनिबार र आईतबार पार्टीको स्थायी कमिटी बैठक बसेको थियो । तर उक्त बैठकले पार्टी सरकारमा जाने नजानेबारे निष्कर्ष निस्किएको छैन । उक्त बैठकमा नेताहरुले आफ्नो धारणा राखेका थिए । सो बैठकमा केही नेताहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए भने केहीले सरकार बाहिरै रहेर खरबदारी गर्नुपर्ने औँल्याएका थिए ।

पुरा पढ्नुहाेस्

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

पौष १८, काठमाण्डौं । नेकपा एकीकृत समाजवादीले पोलिटब्यूरो बैठक बोलाएको छ । सोमबार बस्ने गरी पोलिटब्यूरो बैठक बोलाइएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । ‘हामीले पोलिटब्यूरो बैठक बोलाइएको छ । यसमा स्थायी कमिटीभन्दा धेरै संख्यामा नेताहरू हुनुहुन्छ। पोलिटब्यूरोले पार्टीलाई सुझाव दिन्छ,’ उनले भने । समसामयिक राजनीति, नयाँ सरकारबारे धारणा र पार्टी अब कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने तथा सुझाव दिन बैठक गर्न लागिएको छ । अरू पार्टीसँग अहिले एकताको कुनै सम्भावना नरहेको खतिवडा बताउँछन् । ‘पार्टी एकताका कुरा बजार हल्ला मात्रै हुन्,’ उनले भने । एकीकृत समाजवादीले…

पुरा पढ्नुहाेस्