भरतपुरमा एक युवकको हत्या

बैशाख २६, काठमाडौँ । चितवनको भरतपुरमा एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । भरतपुर–७ स्थित कृष्णपुरको फुटबल मैदान नजिकै भरतपुर महानगरपालिका वडा नम्बर १२ का २८ वर्षीय अनिल परियारको आइतबार साँझ हत्या भएको प्रहरीले जनाएको छ । उनलाई आइतबार साँझ साढे ७ बजेतिर धारिलो हतियार प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीले जानकारी दिए । ‘चिनजानकै साथीले बोलाएपछि उनी घरबाट निस्केका रहेछन्,’ डीएसपी अधिकारीले भने, ‘बोलाउने ती साथीको खोजी भइरहेको छ ।’ उनले घटनाको अनुसन्धान भइरहेकाले अहिले नै हत्याको कारण खुल्न नसकेको बताए ।…

पुरा पढ्नुहाेस्

सासुको हत्या आरोपमा दुई महिला पक्राउ

फागुन ६, काठमाडौं । छिमेकीसँग मिलेर आफ्नी सासुको हत्या गरेको आरोपमा प्रहरीले दाङबाट दुई महिलालाई पक्राउ गरेको छ । हत्या आरोपमा घोराही उपमहानगरपालिका खानीगाउँकी २३ वर्षीया बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीया दुर्गा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उनीहरुले ५५ वर्षीया सासु इन्द्रकुमारी घर्तीको हत्या गरेको प्रहरीले जनाएको छ। बसन्ती इन्द्रकुमारीकी बुहारी हुन् । घरायसी विवादका क्रममा बुधबार बिहान बसन्तीले सासुको टाउकोमा काठको मुंग्रोले हिर्काउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । बसन्तीले टाउकोमा काठको मुंग्रोले…

पुरा पढ्नुहाेस्

बौद्धमा युवक-युवती कोठामै मृत भेटिए

पुस २३, काठमाडौँ । काठमाडौंको बौद्धमा युवक र युवती कोठामै मृत भेटिएका छन् । बौद्धको फैकास्थित राधाकृष्ण मन्दिरनजिकै सँगै बस्ने गरेका युवक र युवती मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिसर (काठमाडौं) का प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए । संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङ साकेला गाउँपालिका–५ कि २२ वर्षीया युसुना राईको शव फेला परेको हो । दुवैलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीको अनुमान छ । दुवै जनाको शरिरमा चोट देखिएको छ । घटनाबारे थप अनुसन्धानपछिमात्र घटनाको तथ्य थाहा हुने प्रहरीको भनाइ छ । घटनास्थलबाट धारिलो हतियार…

पुरा पढ्नुहाेस्

संखुवासभा हत्याकाण्ड: आरोपी लोकबहादुरका भाइ समातिए, हत्यामा संलग्न भएको आशंका

भदौ ३१, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । हत्याका मुख्य आरोपीका रुपमा सार्वजनिक गरिएका २५ वर्षीय लोकबहादुरका भाइ नरेशलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक रञ्जना कार्कीको हराईरहेको मोबाइल लोकबहादुरकै घरमा भेटिएपछि भाइ नरेशलाई पनि नियन्त्रणमा लिइ सोधपुछ गरिएको प्रदेश १ प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए । ‘अनुसन्धानका क्रममा उनीमाथि पनि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएका हौं’ उनले भने, ‘थप अनुसन्धान इलाका प्रहरी कार्यालय, चैनपुरले गरिरहेको छ ।’ बिसीका अनुसार लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान…

पुरा पढ्नुहाेस्

सिंह हत्या प्रकरणमा वडाध्यक्षसहित ४ जना पक्राउ

माघ १४ बझाङ । बझाङमा अमृत सिंहको हत्यामा संलग्न आरोपमा वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा छबिस पाथिभेरा २ का वडाध्यक्ष विकास ऐडी, स्थानीयवासी प्रकाश ऐडी, केदार ऐडी र ज्ञानबहादुर कठायतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । बान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनावमा कांग्रेस समर्थक उम्मेदवार विजयी भएको विषयमा मङ्गलबार बेलुका सिंहमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले बताए ।

पुरा पढ्नुहाेस्