बुटवलमा सटर फोडेर सुन चोरी गर्ने समूह पक्राउ

बैशाख २८, बुटवल । रुपन्देहीको बुटवलस्थित एक सुनचाँदी पसलबाट चारकिलो बढी सुनसहित ५ लाख नगद चोरी गर्ने समूहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारत जौहरी मोहल्ला लखनउका ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहारका २५ वर्षीय मोहद जिशान खान र भारत तकिया लखनउका २२ वर्षीय मो सारिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उक्त समूहले वैशाख १२ गते राति बुटवल उपमहानगरपालिका ६ विपी चोकस्थित डिलबहादुर सुनारको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलको सटर र पसलभित्रको लकर फोडेर सुन, तयारी गहना र नगदसमेत गरि पाँच करोड बढी चोरेर भागेका…

पुरा पढ्नुहाेस्

लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ

बैशाख २१, परासी । लागुऔषधसहित दुई भारतीय नागरिक गएराति पक्राउ परेका छन् । भारतको महाराजगञ्ज ग्राम रेजियाका २० वर्षीय भोलु चौहान र गोरखपुरका १९ वर्षीय राकेश सहानी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित भारतीय सीमावर्ती क्षेत्र प्रतापपुर गाउँपालिका–५ बैदौलीबाट उनीहरूलाई गएराति नियन्त्रणमा लिएको जानकारी दिए । इलाका प्रहरी कार्यालय बेलाटारी र प्रहरी चौकी गुठीप्रसौनीबाट खटिएको संयुक्त प्रहरी टोलीले यूपी ५६ एएन ३९४२ भारतीय नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा १७५ एम्पुल डाइजापाम, १७५ एम्पुल फेनारगन, १७५ एम्पुल…

पुरा पढ्नुहाेस्

विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने थप २ शिक्षक पक्राउ

बैशाख ३, हेटौंडा । पूर्वी मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माविका बालिकाहरूलाई यौन दुव्यर्वहार गर्ने थप २ जना शिक्षक पक्राउ परेका छन् । शुक्रबार साँझ प्रहरीले थप दुई जना शिक्षकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । यौन दुव्र्यवहारको आरोप लागेका ३ जनामध्ये हेमबहादुर विक भने चैत २५ गते आफै प्रहरी नियन्त्रणमा आएका थिए । प्रवक्ता कार्कीले गएराति आरोपित शिक्षकहरु लोकबहादुर विक र रुद्रबहादुर विक दुबैलाई जिल्ला प्रहरी कार्यलय हेटौंडा ल्याइएको बताए । पक्राउ परेका तीनै जना शिक्षकहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ । जनता माविका…

पुरा पढ्नुहाेस्

भन्सार छलेर ल्याएको सामानसहित दुई पक्राउ

चैत २९, काठमाडौँ । भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३ सय रुपैयाँबराबरको कपडासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाडौं महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमार रहेको प्रहरीले जनाएको छ । भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । उक्त कपडा अग्रवालले काठमाडौं महानगरपालिका–२४ असनस्थित…

पुरा पढ्नुहाेस्

एमबीबीएसको प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी, पाँच पक्राउ

चैत १८, काठमाडौँ । चिकित्साशास्त्र अन्र्तगत एमबीबीएस अध्ययनका लागि लिने प्रवेश परीक्षामा नक्कली प्रशिक्षार्थी पक्राउ परेका छन् । शुक्रबार भएको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरले बताए । काठमाडौं र भक्तपुरको परीक्षा क्षेत्रबाट पाँच जना नक्कली परिक्षार्थीलाई पक्राउ गरिएको एसएसपी कुँवरले जानकारी दिए । चार जना नक्कली र एक जना नक्कली परीक्षार्थी खोज्ने सक्कली परीक्षार्थी तथा बिचौलियाको काम गर्ने व्यक्ति पक्राउ गरिएको हो । एसएसपी कुँवरका अनुसार घटनामा थप अनुसन्धान जारी छ । उनीहरुको विवरण भने प्रहरीले सार्वजनिक गरिसकेको छैन ।

पुरा पढ्नुहाेस्

किर्ते नागरिकतामा संग्लन वडाअध्यक्षसहित चार जना पक्राउ

चैत १७, स्याङ्जा । किर्ते गरी नेपाली नागरिकता सिफारिस गरेको आरोपमा वडा अध्यक्षसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । किर्ते गरी नागरिकता सिफारीस गरेको आरोपमा यहाँको आधिखोला गाउँपालिका ३ का वडाअध्यक्ष बिष्णु खत्री, नागरिकता लिनेका बाबु कृष्णप्रसाद पौडेल, आमा सीता पौडेल र किर्ते कामका योजनाकार नवराज पौडेललाई प्रहरीले प्रक्राउ गरेको हो । आँधीखोला ३ घर भई मुचुल्कामा सहिछाप भएका ३४ बर्षिय प्रेमनारायण रेग्मी, २१ बर्षिय बिष्णु पौडेल, ४७ बर्षिय पबित्रा रेग्मी, ४२ बर्षिय देबी रेग्मी, ४२ बर्षिय टेकनाथ पौडेलले नेपाली नागरिकता प्रमाणपत्रका लागि वडाको मुचुल्कामा किर्ते सही गरिएको भन्दै…

पुरा पढ्नुहाेस्

अवैध ११ लाख रुपैयाँसहित एक जना पक्राउ

चैत १३, सिरहा । सिरहाबाट स्रोत नखुलेको ११ लाख दुई हजार नौ सय पचास रुपैयाँसहित एकजनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी बल नं. ७ गण हेडक्वाटर सिरहाबाट खटिएको टोलीले लहान-१ मटियर्वाबाट भगवानपुर गापा-४ का ४४ वर्षीय दिलीपकुमार साहलाई नियन्त्रणमा लिएको हो । विशेष सूचनाका आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएको प्रहरीले लहानबाट आठ सय तीन थान हजारको नोट, चार सयवटा पाँच सयको नोट, नौ सय ९९ वटा सयको र एक थान ५० को नोटसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको…

पुरा पढ्नुहाेस्

मध्यरातमा गाडी तोडफोड गर्ने तीन जना पक्राउ

फागुन २४, दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा मध्यरातमा गाडी रोकेर तोडफोड गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास –५ स्थायी घर भई व्यास–४ बस्ने २२ वर्षीय अभिषेक श्रेष्ठ, हेटौँडा उपमहानगरपालिका–३ स्थायी घर भई हाल व्यास–३ का १८ वर्षीय अन्जन पुलामी र व्यास –५ का २२ वर्षीय रोशनकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरूलाई दमौली बजारबाट सोमबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेकाविरुद्ध आपराधिक उपद्रव मुद्दा शीर्षकमा थप अनुसन्धान भइरहेको छ । आइतबार राति डुम्रेबाट दमौलीतर्फ आउँदै…

पुरा पढ्नुहाेस्

अपहरणको नाटक गर्ने व्यक्ति पक्राउ

फागुन, १२, कैलाली । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घरपरिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण…

पुरा पढ्नुहाेस्

बानेश्वरबाट ३७ जना चिनियाँ नागरिक पक्राउ

फागुन १०, काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरबाट प्रहरीले ३७ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले गए राती उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराति उनीहरूलाई पक्राउ गरेको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए । उनीहरुले अवैध रुपमा कल सेन्टर खोलेर जागिर लगाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी वित्त बानेश्वरका सई सुदन खडकाले जनाकारी दिए । उनीहरुलाई अहिले बानेश्वर वित्तमा राखेर थप अनुसन्धान भइरहेको छ ।

पुरा पढ्नुहाेस्