थाक्रेमा बालेरो गाडी दुर्घटना: १ जनाको मृत्यु, ५ जना घाईते

फागुन १२,काठमाडौँ । धादिङको थाक्रेमा भएको बालेरो गाडी दुर्घटनामा १ जनाको मृत्यु भएको छ । घटनामा चालक सहित अन्य ५ जना घाईते भएका छन् । नौबिसेबाट काउलेका लागि गुडेको बा १६ च ८११३ नम्बरको बोलेरो काउलेमा दुर्घटना हुँदा थाक्रे ८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पतालमा रहेको छ । दिउँसो ३ बजे तिर भएको दुर्घटनामा घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ सहित शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका…

पुरा पढ्नुहाेस्

वाग्मती प्रदेशसभाको १३औँ अधिवेशन आह्वान

फागुन ११, काठमाडौँ । वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका हुन् । बैठक आउँदो फागुन १५ गते दिउँसो ३ बजे बस्नेगरी आह्वान गरिएको हो । वाग्मती प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम प्रदेशसभाको बैठक आह्वान गरिएको सूचना प्रकाशित गरी जनाइएको छ ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशसभा बैठक फागुन १५ मा बोलाउने तयारी

फागुन ५, हेटौँडा । बागमती प्रदेशसभा बैठक फागुन १५ गतेका लागि आह्वान गर्ने तयारी गरिएको छ । प्रदेश सरकारले आगामी १५ गतेदेखि प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्ने तयारी गरेको हो । प्रदेशसभा अधिवेशन आह्वान गर्ने विषयमा प्रदेश सरकारले आगामी मन्त्रिपरिषद् बैठकमा निर्णय गर्ने तयारी गरिएको एक सांसदले जानकारी दिए । सोहीअनुसार मन्त्रिपरिषद् बैठकबाट निर्णय गराएर सरकारले प्रदेशसभा अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष पत्राचार गर्ने तयारी गरिएको उनले बताए । उनका अनुसार प्रदेशसभा बैठक आह्वान गर्नु पूर्व फागुन १३ मा सर्वदलीय बैठक आह्वान गर्ने तयारी गरिएको छ । सत्तारुढ दलहरू…

पुरा पढ्नुहाेस्

हेटौडा एकेडेमीले बनाएको क्रिकेट मैदानको टमटासहित क्रिकेटरले गरे निरिक्षण

फागुन ३,काठमाडौँ । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज सुमार्गीले निर्माणाधीन क्रिकेट मैदानलाई रंगशालाको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । त्यस्तै क्रिकेट एकेडेमी स्थापना गरेर क्रिकेट खेलाडी उत्पादन गर्ने पनि योजना रहेको उनले बताए । मैदानका लागि पर्याप्त जग्गा रहेको, प्राविधिक दृष्टिकोणले पनि उपयुक्त…

पुरा पढ्नुहाेस्

हेटौडा एकेडेमीले आफ्नो २५ औँ बर्षगाँठ भव्यताको साथ मनाउदै

माघ २४,काठमाडौँ । बागमती प्रदेशको उत्कृष्ट बिद्यालयको रुपमा परिचित हेटौडा एकेडेमीले आफ्नो २५ औँ बर्षगाँठ भव्यताको साथ मनाउदैछ । २०५५ सालमा हेटौडाका पहिलो नगरप्रमुख डोरमणी पौडेलको पहलकदमीमा हेटौडामा गुणस्तरिय स्कुल खोल्ने उदेश्यका साथ २५ जना व्यवसायीलाई विश्वासमा लिएर सुरुवात गरिएको स्कुलले माघ २९ गतेबाट साताव्यापी २५ औ बर्षगाँठलाई सिल्भर ज्यूब्लीको रुपमा मनाउन लागेको हो । यतिबेला हेटौडा एकेडेमी नेपालको प्रतिष्ठित व्यापारिक घरानाको रुपमा परिचित सुमार्गी ग्रुपले एकल स्वामित्वमा सञ्चालन गरिरहेको छ । देशको शैक्षिक संस्थाहरुमध्ये शान्त,पारिवारिक,वातावरणिय र उत्कृष्ट भौतिक संरचनासहित बिद्यालयले बर्षेनी उत्कृष्ट नतिजा हासिल गर्दै आइरहेको छ । हेटौडाको…

पुरा पढ्नुहाेस्

एमाले धादिङको बन्दसत्र सुरु हुन सकेन, अनिश्चितकालको लागि स्थगित

माघ २३,काठमाडौँ । नेकपा एमाले धादिङ जिल्ला कमिटीको नवौं जिल्ला अधिवेशनअन्तर्गत रोकिएको बन्दसत्र मंगलबार पनि सुरु हुन सकेन । नेताहरूबिच गुटको विवाद चर्किँदै गएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षका नेताहरूलाई काठमाडौँ बोलाएर आइतबार नै सङ्गठन विभागको प्रत्यक्ष अनुगमनमा अधिवेशन सम्पन्न गर्न निर्देशन दिए पनि मंगलबार समेत सूचना जारी गरेर बन्दसत्र सुरु हुन नसकेको अध्यक्ष मण्डलले जनाएको छ । सोमबार नै सुरु हुने भनिएको बन्दसत्र मंगलबारलाई सारिएको थियो । तर मंगलबार पनि आन्तरिक तयारीको काम नसकिएको भन्दै अर्को सूचना जारी नहुँदासम्म बन्दसत्र सुरु नहुने अधिवेशन अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त…

पुरा पढ्नुहाेस्

टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको हो: प्रमुख दाहाल

माघ १८,चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टोल–टोलबाट खेलाडी उत्पादन गर्न मेयर कप क्रिकेट लिग आयोजना गरिएको बताएकी छिन् । बुधबार सिद्धार्थ माध्यमिक विद्यालय भरतपुर २४ को ४४ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै प्रमुख दाहालले ‘ग्रास लेभल’ बाट खेलाडी उत्पादन गर्न यही माघ २६ देखि मेयर कप विद्यालयस्तरीय क्रिकेट हुन लागेको स्पष्ट पारिन । ‘३ महिनासम्म प्रतियोगिता हुन्छ,उनले भनिन्,‘प्रतियोगिता प्रशिक्षण पनि हुनेछ । खेलकुदका पूर्वाधार भरतपुरमा धेरै बनेका छन् । खेल खेलाउन बाहिराबाट खेलाडी ल्याउन नपरोस् भनी लिग हुन लागेका हो ।’ गौतमवुद्ध क्रिकेट रंगशालाको नमूना क्रिकेट…

पुरा पढ्नुहाेस्

भौतिक पुर्वाधारमन्त्री ज्वालाद्धारा चन्द्रागिरि– चित्लाङ सडकको अवलोकन

माघ १८,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला गणेशमान सिंह मार्ग (थानकोट–चन्द्रागिरि– चित्लाङ) सडक अवलोकन गर्न पुगेका छन् ।बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका हुन् । बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ १२ माघमा अर्थ मन्त्रालयले दिने तय भएपछि मन्त्री ज्वाला अनुगमनमा पुगेका हुन् । अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबर रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति…

पुरा पढ्नुहाेस्

ललितपुरका नापी सर्वेक्षक यादवसहित तीनजना घुससहित पक्राउ

माघ १०,काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई घुससहित पक्राउ गरेको छ । आयोगको टंगाल कार्यालयबाट खटिएको टोलीले हिजो नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जारा र विनोद अधिकारीलाई २ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेको हो । आयोगका अनुसार कित्ताकाट गर्न सहजीकरण गरेको भन्दै घुस मागिरहेको सूचनाका आधारमा आयोगको टोली नापी कार्यालय पुगेको थियो ।

पुरा पढ्नुहाेस्

बागमती प्रदेशको लोक सेवा आयोगद्धारा ठुलो सङ्ख्यामा कर्मचारी माग (सुचनासहित)

बागमती प्रदेशको लोक सेवा आयोगले ठुलो सङ्ख्यामा कर्मचारी माग गरेको छ । प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका स्थानीय तहका विभिन्न सेवा र समूहमा गरी एक हजार ११३ जना कर्मचारीका लागि आवेदन माग गरिएको हो । बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवा तर्फका पाँचौँ तहका खुला तथा समावेशी तर्फको विज्ञापन प्रकाशन गरिएको आयोगको भनाई छ। विज्ञापन सम्बन्धी विस्तृत विवरण आयोगको वेबसाइट spsc.bagamati.gov.np मा प्रकाशन गरिएको छ।यसमा दरखास्त बुझाउने अन्तिम मिति माघ २८ गते रहेको छ ।

पुरा पढ्नुहाेस्