मतदान अगावै दलहरुको खर्चबारे गोप्य सूचना पठाउन आयोगको निर्देशन

वैशाख २४, काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका उम्मेदवारले चुनावका बेलामा गर्ने खर्चको सूक्ष्म अनुगमन गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ । आयोगले शुक्रवार विज्ञप्ति जारी गर्दै दलहरुको प्रचारप्रसारको अनुगमन गरी खर्चबारे  गोप्य रुपमा आयोगमा सूचना पठाउन निर्देशन दिएको हो । ‘निर्वाचन प्रचारप्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुगमन गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अघि नै गोप्य रुपमा आयोगमा पठाउन मुख्य निर्वाचन अधिकृतलाई आयोगले निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पुरा पढ्नुहाेस्

बैशाख ३० मा सार्वजनिक सवारी नचल्ने, मंगलबारदेखि सीमानाका बन्द

बैशाख २३, काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते सबै प्रकारको आन्तरिक यातायात बन्द गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा मतदान हुने दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द गर्न सरकारलाई भनेको हो । आयोगका अनुसार अत्यावश्यक बाहेकका सवारी साधनले अनिवार्य रूपमा जिल्ला निर्वाचन अधिकृतको कार्यालयबाट पास लिएर चलाउनुपर्नेछ । एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दमकल, दूरसञ्चार शेवा, शव बाहन, अस्पताल सेवा तथा विद्युत सेवा जस्ता अत्याश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगको सवारी साधनले अनुमती पत्र लिनुपर्दैन । यस्तै, निर्वाचनको ४८ घण्टाअघिदेखि अन्तर्राष्ट्रिय सीमानाका…

पुरा पढ्नुहाेस्

उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूचीसहित)

बैशाख २१, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले वैशाख २० गते साँझ ६ बजेसम्म प्राप्त सूची सार्वजनिक गरेको जनाएको छ । आयोगका अनुसार वैशाख ३० मा हुने निर्वाचनका लागि १ लाख ४५ हजार ९२ जना उम्मेदवारको नाम र पदसहितको विवरण सार्वजनिक गरेको हो । प्राविधिक समस्याका कारणले सूची प्रकाशन गर्न ढिलाइ भएको आयोगले जनाएको छ । केहि स्थानमा निर्वाचनको संसोधित कार्यक्रम गर्नुपर्ने तथा केही स्थानहरुमा इन्टरनेट, विद्युत् अवरुद्ध भएको कारणले प्रणालीमा प्रबिस्ट हुन बाँकी विवरण थपघट हुन सक्ने आयोगको भनाइ…

पुरा पढ्नुहाेस्

निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्यो : आयोग

बैशाख २१, काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढेको भन्दै राजनीतिक दल र उम्मेवारहरुलाई स्पष्टीकरण सोधेको छ । स्थानीय चुनावको प्रचारप्रसारका विषयमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्रसँग आयोगले जवाफ माग गरेको छ । निर्वाचनमा प्रचार गरिएको पर्चाको विषयलाई लिएर आयोगले कांग्रेसलाई तीन दिनभित्र जानकारीसहितको जवाफ माग गरेको गरेको हो । पार्टीको केन्द्रीय प्रचार प्रसार समितिको नामबाट ‘ओलीजी गफ गर्छन्, हामी काम गर्छौं, रुख चिन्हमा मतदान गरौँ’ शीर्षकको पर्चा सामाजिक सञ्जालमा देखिएको हुँदा पर्चा राखेको हो वा होइन भनी आयोगले कांग्रेससँग स्पष्टीकरण सोधेको छ । त्यस्तै माओवादी केन्द्रसँग पनि…

पुरा पढ्नुहाेस्

भक्तपुरका चार नगरपालिका र ६ महानगरको मतपत्र छपाइ सुरु

बैशाख १८, काठमाडौँ । निर्वाचन आयोगले भक्तपुरका चार नगरपालिका र ६ महानगरपालिकाको मतपत्र छपाइ सुरु गरेको छ । आयोगले शनिबार उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेसँगै आइतवार मतपत्र छपाइ शुरु गरेको हो । उम्मेदवार संख्याको आधारमा छाप्ने भन्दै निर्वाचन आयोगले ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्र छपाइ बाँकी राखेको थियो । काठमाडौं, ललितपुर, भरतपुर, पोखरा र वीरगञ्ज र विराटनगर महानगरपालिका तथा भक्तपुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका लागि करिब १४ लाख मतपत्र छपाइ हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । यसबाहेक स्वतन्त्र उम्मेदवार बढी भएका केही जिल्लाका लागि…

पुरा पढ्नुहाेस्

आचारसंहिता उल्लङ्घन गर्नेलाई निर्वाचन आयोगले सचेत गरायो

बैशाख १८, काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका क्रममा आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दललाई सचेत गराएको छ । आयोगले विभिन्न उजुरी र जानकारीका आधारमा आचारसंहिता प्रतिकूल कार्यमाथि स्थलगत अनुगमन गर्ने, दलहरूलाई स्पष्टीकरण सोध्ने, सचेत गराउनेलगायत कारबाही गरेको हो । आचारसंहिता उल्लङ्घनका कार्य उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भएरगरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कार्यहरू नगर्न/नगराउन निर्देशन दिई सचेत गराएको छ । आयोगले ती दललाई अब आइन्दा…

पुरा पढ्नुहाेस्

आठ हजार उम्मेदवारको उम्मेदवारी फिर्ता

बैशाख १७, काठमाडौँ । निर्वाचन आयोगले पालिका तह चुनावमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख ५३ हजार उम्मेदवारी परेकोमा करिब ८ हजारले फिर्ता लिएको जानकारी दिए । उनले अहिले उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गर्ने काम सकिएको बताए । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार शनिबार अपरान्ह ५ बजेसम्म चुनावका उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरिएको हो । शुक्रबार उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिएको थियो । स्थानीय तह निर्वाचन आगामी बैशाख ३० गते सम्पन्न हुँदैछ ।

पुरा पढ्नुहाेस्

अटेरी अभियानका उम्मेदवार पौडेलको ‘लौरो’ खोसियो

बैशाख १७, काठमाडौँ । पोखरा महानगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको अटेरी अभियानले प्राप्त गरेको चुनाव चिन्ह ‘लौरो’ खोसिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिवार स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गर्दा अटेरी अभियानका उम्मेदवार गनेश पौडेलले ‘लौरो’ चिन्ह पाएका थिए । निर्वाचन आयोगले चुनाव चिन्ह पाएको केही घण्टामा आफूहरूलाई ‘लौरो’ दिन नमिल्ने भन्ने भन्ने प्रकारको फोन आएको उम्मेदवार पौडेलले सामाजिक सञ्जाल फेसबुकबाट जानकारी गराएका छन् । ‘अभियानबाट त्रसित दलको प्रभावमा निर्वाचन आयोगले हामीलाई ३ घण्टा अघि नै प्रदान गरेको चुनाव चिन्ह ‘लौरो’ लाई अहिले आएर ‘दिन नमिल्ने’ भन्ने प्रकारको फोन…

पुरा पढ्नुहाेस्

७६ जिल्लाको मतपत्र छपाइ सकियो, ४३ जिल्लामा ढुवानी

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ । आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो । ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ । कायम रहेका दल तथा स्वतन्त्र उम्मेदवारको मात्रै चुनाव चिह्न राखेर मतपत्र छाप्नका लागि यसो गरिएको आयोगले जनाएको छ । आयोगले छापिएका मतपत्र धमाधम सम्बन्धित जिल्लामा पठाइरहेको छ । हालसम्म ४३ जिल्लाका ७५ लाख ७३ हजार…

पुरा पढ्नुहाेस्

आज उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिँदै

वैशाख १७, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरूलाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ । निर्वाचन कार्यतालिकाअनुसार आयोगले आज उम्मेदवारहरूलाई चुनाव चिह्न प्रदान गर्न लागेको हो । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ । आयोगले स्थानीय तह निर्वाचनका लागि शुक्रबार अन्तिम नामावली प्रकाशन गरेको थियो । शुक्रबार उम्मेदवारी फिर्ताको अवधि सकिएलगत्तै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरेको हो । आयोगले वैशाख ११ र १२ गते मनोनयन दर्ता गराएको थियो ।…

पुरा पढ्नुहाेस्