प्रतिनिधिसभा र प्रदेशसभाका लागि कतिजनाले दिए उम्मेदवारी ?

असोज २४, काठमाण्डौ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको लागि देशभर शान्तिपूर्ण रुपमा मनोनयनपत्र दर्ता भएको जनाएको छ । एक सूचना जारी गर्दै आयोगले देशभर मनोनयनपत्र दर्ता गराएको उम्मेदवारको संख्या सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभामा कुल २१२८ जनाले उम्मेदवारी दिएका छन् । जसमा १९३७ जना पुरूष र १९१ जना महिला छन् । प्रदेश सभातर्फ २६०० पुरूष, २४४ महिला र एक जना अन्य गरी २८४५ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । आयोगले उम्मेदवारी दर्ता गर्न बिहान १० बजेदेखि ५ बजेसम्मको समय उपलब्ध गराएको थियो ।…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने

भाद्र २७, काठमाण्डौ । केन्द्रीय सुरक्षा समितिले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ९६ हजार सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको बैठकमा सहभागी एकजना उच्च अधिकारीले बताए । सुरक्षा समितिले स्वीकृत गरेको ‘एकीकृत प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन विशेष सुरक्षा योजना’ अनुसार निर्वाचनमा १ लाख १५ हजार म्यादी प्रहरी, ३५ हजार सशस्त्र प्रहरी, ७१ हजार नेपाल प्रहरी र ७५ हजार सैनिक परिचालित हुनेछन् ।

पुरा पढ्नुहाेस्

प्रतिनिधि र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन

भाद्र १६, काठमाण्डौ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागी आवश्यक मतपत्र छपाइस्थलमा सेना परिचालन गरिएको छ । सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छाप्ने निर्वाचन आयोगको तयारी छ । त्यहाँ सेनाले सुरक्षाको जिम्मेवारी लिइसकेको छ । मतपत्र छपाई र स्थलको सुरक्षामा सैनिक टोली खटाइएको नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण सिलवालले रातोपाटीलाई बताए । प्रवक्ता सिलवालले भने– ‘मतपत्र छपाइ सुरक्षास्थलमा सेनाको टिमले आफ्नो जिम्मेवारी लिइसकेको छ ।’

पुरा पढ्नुहाेस्

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : मुख्य दुई प्रचारकले मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने

भाद्र ६, काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन आचारसंहितामा त्यस्तो व्यवस्था गरेको हो । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ ।  

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख ६० हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने

साउन २८, काठमाडौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन २ लाख ६० हजारभन्दा धेरै जनशक्ति आवश्यक पर्ने भएको छ । निर्वाचन आयोगले बिहीबार स्वीकृत गरेको जनशक्ति व्यवस्थापन निर्देशिकाअनुसार मंसिर ४ मा हुने निर्वाचनका लागि २ लाख ६१ हजार ५ सय ६५ जना जनशक्ति खटिनेछन् । तीन महिनाअघि भएको स्थानीय निर्वाचनमा १ लाख ९६ हजार जनशक्ति परिचालन गरिएको थियो । १ करोड ८२ लाख मतदाता सहभागी हुन सक्ने आउँदो निर्वाचनमा करिब ११ हजार मतदान स्थलमा २२ हजार ५ सय मतदान केन्द्र हुन सक्ने आयोगले आकलन गरेको छ । निर्देशिकाअनुसार पाँच सयसम्म मतदाता भएको एउटा केन्द्रमा…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने

असार २१, काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आगामी कात्तिक महिनाको ३० गते प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगका एक पदाधिकारीले नेपाल समाचारपत्रलाई सोमबार दिएको जानकारीअनुसार कात्तिक अन्तिम सातासम्म निर्वाचन सक्ने गरी असार मसान्तभित्र मिति तोक्न प्रस्ताव गरी सरकारलाई पत्राचार गर्ने तयारी भइरहेको छ । निर्वाचनको मिति आयोगसँगको परामर्शमा सरकारले तोक्ने कानुनी प्रावधान रहेको छ ।निर्वाचनको तयारीको लागि सामान्यतया १ सय २० दिन ९चार महिना० अघि मिति घोषणा हुनुपर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । केही दिनअघि मात्रै निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग निर्वाचनको…

पुरा पढ्नुहाेस्