आईपीएलमा राजस्थानको आठौँ जित, ७ विकेटले पराजित भयो लखनउ

बैशाख १६,काठमाण्डौँ । इन्डियन प्रिमियर लिग आईपीएल २०२४ अन्तर्गत गए राति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई हराउँदै आठौँ जित निकालेको छ । गए राति भएको खेलमा सुरुवाति ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १९६ रन बनाएको थियो । १९७ रनको विजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको राजस्थाले ३ विकेटको क्षतिमा १९ ओभरमा १९९ रन बनाउँदै लखनउविरुद्ध ७ विकेटको जित निकालेको हो ।

पुरा पढ्नुहाेस्

आजदेखि तेस्रो लगानी सम्मेलन सुरु, १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुने

बैशाख १६, काठमाडौँ । आजदेखि तेस्रो लगानी सम्मेलन सुरु भएको छ । ५ वर्षपछि दुई दिनसम्म चल्ने लगानी सम्मेलन सुरु भएको हो । विश्वभरका लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने लक्ष्यसहित सरकारले सम्मेलनको आयोजना गरेको हो । यो लगानी सम्मेलनमा सहभागिताका लागि विश्वभरबाट १६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता हुनेछ । यसअघि सरकारले २०७३ र २०७५ सालमा लगानी सम्मेलनको आयोजना गरेको थियो । ती लगानी सम्मेलनमा विदेशी लगानीकर्ताले गरेको प्रतिबद्धता बमोजिम भने लगानी आएन । त्यसयता कोभिड–१९ महामारीका कारण लगानी सम्मेलनको आयोजना हुन सकेन । २०७५ सालमा आयोजित लगानी सम्मेलनको ५…

पुरा पढ्नुहाेस्

लगानी सम्मेलन : एक हजार बढी विदेशी सहभागी हुने, ११३ जना वक्ता आउने

बैशाख १५, काठमाडौँ । आइतबारदेखि सुरु हुन लागेको दुई दिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । त्यसै गरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स…

पुरा पढ्नुहाेस्

इलाम–२ मा मतदान अन्तिम चरणमा, आजै गणनाको तयारी

बैशाख १५, इलाम । इलाम–२ मा करिब ५७ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान छ । निर्वाचन आयोगले मतदान अन्तिम चरणमा रहेको जानकारी दिदै ५७ प्रतिशतको हाराहारीमा मतदान भएको बताएको छ । यद्यपी अन्तिम विवरण आउन भने केहि समय लाग्ने बताइएको छ । निर्वाचन आयोगले मतगणना सकिनेबित्तिकै मत पेटिका संकलन गरिने र मतगणना सुरु गर्ने बताएको छ । सबै मतदान केन्द्रबाट बेलुका १० बजेसम्म मतपेटिकाहरु संकलन भइसक्ने अनुमान गरिएको छ । आजराती नै मतगणना भएमा आइतबार साँझसम्म सम्पन्न हुनसक्ने बताइएको छ । इलाम–२ मा चुलाचुली गाउँपालिका, माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका पुरै…

पुरा पढ्नुहाेस्

नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो, अब अर्को खेल कहिले ?

बैशाख १५, काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिज ‘ए’ले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरेका थिए । यसअघि टस हरेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो…

पुरा पढ्नुहाेस्

‘लुम्बिनी र सुदूरपश्चिम सरकारको समर्थन फिर्ता लिन्छौँ’ : नाउपा

बैशाख १५, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी नाउपाले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्षसमेत रहेकी पत्नी रञ्जिता श्रेष्ठसँगको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने तयारी गरेको बताएका हुन् । तस्वीरमा रञ्जिताले रेशमलाई जुस खुवाइरहेको देखिएको छ । ‘हामी छिट्टै लुम्बिनी र सुदूपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौँ ।’ रेशमले फेसबुकमा लेखेका छन् । रेशमले महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुवै रञ्जितालाई नै चलाउन दिने आग्रह गरेको कुरा पनि उल्लेख…

पुरा पढ्नुहाेस्

लगानी सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंमा विरोध प्रदर्शन

बैशाख १५, काठमाडौँ । पुँजीबजार संघर्ष समितिले विदेशी लगानीकर्ता आकर्षित गर्न लगानी सम्मेलन गर्ने तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । शनिबार काठमाडौंको माइतीघरमा संघर्ष समितिले सरकारले विदेशी लगानीकर्ता आकर्षित गर्न खोजको तर स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै आन्दोलन गरेको हो ।

पुरा पढ्नुहाेस्

सुनकोशी मरिण डाइभर्सनको काम सकिँदै, वैशाख २६ गते छिचोलिने

बैशाख १५, काठमाण्डौँ । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ खन्ने काम सकिँदैछ । १३ किलोमिटर तीन सय मिटर सुरुङमध्ये अब केही सेन्टिमिटर मात्रै खन्न बाँकी रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालले जानकारी दिए । २६ गते बुधवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम गरी सुरुङ छिचोल्ने पनि बताईएको छ । सुरुङ निर्माणको अवधि दुई वर्षको भए पनि १९ महिनामै सम्पन्न भएको हो ।

पुरा पढ्नुहाेस्

ईलाम र बझाङमा कति खस्यो मत ?

बैशाख १५, काठमाण्डौँ । इलाम क्षेत्र नम्बर २ मा मतदान कार्य जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दिउँसो तीन बजेसम्म करिब ५० प्रतिशत मत खसिसकेको छ । मुख्य निर्वाचन अधिकृत केशव प्रसाद घिमिरेले दिएको जानकारी अनुसार शान्तिपूर्ण रुपमै अहिलेसम्म मतदान कार्य अघि बढेको छ । ‘अहिलेसम्म लगभग ५० प्रतिशत मत खसेको विवरण पाएका छौँ,’ घिमिरेले भने । उपनिर्वाचनमा लगभग ६० प्रतिशत मत खस्ने आकलन गरिएको पनि उनले जानकारी दिए । मतगणना आजै रातिबाट सुरु गर्ने वा भोलिसम्म पर्खनुपर्ने भन्ने यकिन भइनसकेको सहायक निर्वाचन अधिकृत इन्द्र प्रसाद आचार्यले जानकारी…

पुरा पढ्नुहाेस्

इलाममा आजै रातिदेखि मतगणना, बझाङको भोलि मात्रै हुने

बैशाख १५, काठमाडौँ । निर्वाचन आयोगले इलाम क्षेत्र नम्बर २ को मतगणना आजै राति शुरु हुने जनाएको छ । बझाङको मत आइतबार बिहान ११ बजेदेखि गणना थालिने भएको छ । इलामको मत गणना राति १२ बजेअघि नै शुरु हुने सम्भावना रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । उनले सोहीअनुसार तल निर्देशन दिइएको बताए । सबै मतदान केन्द्रबाट राति १० बजेसम्ममा मतपेटिका सदरमुकाम आइसक्ने अनुमान गरिएको उनले बताए । इलाममा गत वर्ष निर्वाचनमा ६० प्रतिशत मत खसेकोमा यस पटक ६३ प्रतिशतसम्म पुग्ने अनुमान रहेको थपलियाले जानकारी दिए ।…

पुरा पढ्नुहाेस्