कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक बस्दै

बैशाख २, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनको साझा उमेदवारलाई कसरी जिताउनेलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले नगरपालिका र गाउँपालिकाका उमेदवारको टुङ्गो लगाउन वैशाख ३ गते ९भोलि० पार्टीका सातजना सहमहामन्त्रीहरूलाई सातवटै प्रदेशमा पठाउने निर्णय गरेको थियो । उनीहरूले प्रदेशमा उमेदवारको टुङ्गो लगाउने प्रयास गर्नेछन् । उमेदवार प्रदेशबाट टुङ्गो नलागे उनीहरूले वैशाख ९ गते साँझसम्म केन्द्रमा पठाउनेछन् । वैशाख १०…

पुरा पढ्नुहाेस्

‘चुनावी तालमेल हितकर छैन, तर पार्टीको निर्णय मानेको छु’

बैशाख १, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता गठबन्धनका दलबीच तालमेल गर्ने निर्णप्रति असन्तुष्टि जनाएका छन् । नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताएका हुन् । सम्बोधनका क्रममा महामन्त्री थापाले भने, ‘गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि यो हितकर छँदै छैन भन्ने मेरो आफ्नो मत हो । तर, पार्टीको निर्णय मानेको छु । मान्नुपर्छ । यो विषयमा बहस गर्नै पर्छ ।’ उनले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन…

पुरा पढ्नुहाेस्

जिल्लाका सबै पालिकामा गठबन्धन नगर्ने पर्सा कांग्रेसको निर्णय

बैशाख १, काठमाडौं । नेपाली कांग्रेस पर्साले वीरगञ्ज महानगरपालिका सहित सबै स्थानीय तहमा गठबन्धन नगर्ने निर्णय गरेको छ । कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीको सभापतित्वमा बसेको बैठकले एक्लै चुनाव लड्ने निर्णय गरेको प्रवक्ता रमेश पाण्डेयले बताए । “जिल्लाका प्रमुख नेताहरूको समेत उपस्थितिमा बसेको जिल्ला कार्यसमितिको बृहत्तर बैठकले जिल्लामा रहेको वीरगञ्ज महानगरपालिका, तीन वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १४ वटै पालिकामा नेपाली कांग्रेसले आसन्न निर्वाचनमा अन्य दलसँग गठबन्धन नगर्ने निर्णय भएको छ,” प्रवक्ता पाण्डेयले भने । यससँगै कांग्रेस जिल्ला कार्यसमिति बैठकले सबै स्थानीय तहका सबै पदमा उम्मेदवारी दिने पनि…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

चैत ३०, काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । स्थानीय निर्वाचनको घोषणापत्रबारे छलफल गर्न आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । महामन्त्री गगन थापा संयोजकत्वमा विभिन्न क्षेत्रका विज्ञहरूसँग सुझाव लिएर कांग्रेसले घोषणा पत्र बनाइरहेको छ । साथै कांग्रेसले पार्टी समितिहरू, ०७४ मा निर्वाचित जनप्रतिनिधिहरू, सर्वसाधारणबाट पनि घोषणा पत्रका लागि सुझाव माग गरेको छ । कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । स्थानीयस्तरमा भने उम्मेदवारले प्रतिवद्धता पत्र सार्वजनिक गर्नेछन् ।

पुरा पढ्नुहाेस्

कांग्रेसको वडा तहमा प्रचार संयन्त्र, केन्द्रमा मिडिया सेन्टर बन्ने

चैत १९, काठमाडौँ । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचन लक्षित गरेर वडा तहसम्म प्रचार संयन्त्र गठन गर्ने भएको छ । निर्वाचनमा पार्टीको पक्षमा जनमत सिर्जना गर्न कांग्रेसले वडा तहसम्म नै प्रचार संयन्त्र गठन गर्ने भएको हो । केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक तथा प्रवक्ता डा. प्रकाशशरण महतले प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, गाउँ/नगर/वडा कार्यसमितिमा आवश्यकताअनुसार प्रचार संयन्त्रको गठन गर्न निर्देशन दिइएको जानकारी दिए । उनले शुक्रबार बसेको समितिको बैठकले तत्कालै केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र (मिडिया सेन्टर) स्थापना गर्ने निर्णय पनि गरिएको बताए । ‘प्रदेश र स्थानीय…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

चैत ११, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमिति बैठक बस्नेछ । बैठकमा उम्मेदवारलाई टिकट वितरण गर्ने संसदीय समिति गठन, निर्वाचन प्रचार प्रसारको समीक्षा, चुनावी तालमेललगायतमा छलफल हुनेछ । उम्मेदवारको मनोनयन हुनु एक महिनाअघि उम्मेदवार छनोट गरिसक्नु पर्ने विधानको व्यवस्था छ। उम्मेदवार तय गरिसक्नु समयमा संसदीय समिति गठन गर्न बैठक बोलाइएको छ । चार तहले संसदीय समिति गठन गर्नुपर्ने विधानको व्यवस्था छ । केन्द्रीय, प्रदेश, जिल्ला र प्रतिनिधि सभा क्षेत्रीय संसदीय समिति गठन गर्ने व्यवस्था छ । बैठकमा…

पुरा पढ्नुहाेस्

कांग्रेसको चुनावी अभियान: एमसिसीको भ्रम चिर्ने, कोरोना खोपको प्रचार गर्ने

फागुन २५, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन केन्द्रीत एकमहिने अभियान सुरु गरेको छ । ‘घर-घर जाऔं, कांग्रेस जिताऔँ’ अभियानअन्तर्गत फागुन २९ देखि चैत २९ सम्म १ महिनाको लागि चुनावी अभियान सुरु गर्न लागेको प्रवक्ता प्रकाशशरण महतले बताए । एकमहिने अभियानमा कम्युनिष्ट नेतृत्वमा केपी ओलीले सञ्चालन गरेको ३ वर्षे कार्यकालको भण्डाफोर गर्नेदेखि अमेरिकी सहयोग परियोजना एमसिसीबारे जनतामा पर्न गएको नकारात्मक भ्रमलाई चिर्नेसम्मको योजना लिइएको उनले बताए । यो अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको महतले बताए । स्थानीय निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न…

पुरा पढ्नुहाेस्

यस्ता छन् कांग्रेस संसदीय दलको बैठकका एजेण्डा

फागुन ३, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बस्ने छ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता एमसीसी संसद्मा अघि बढाउने विषयमा छलफल हुने एजेण्डा छ । यस्तै, सत्ता गठबन्धनमा आबद्ध तीन दलका तर्फबाट दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा पनि बैठकमा छलफल हुनेछ । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित गर्ने विषयमा संसदीय दलले निर्णय गर्ने जनाइएको छ । नेपाली कांग्रेस एमसीसी पास गर्ने पक्षमा रहेको…

पुरा पढ्नुहाेस्

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

फागुन १, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै छ । शुक्रबार बसेको कार्यसम्पादन समिति बैठक आज बस्नेगरी स्थगित गरिएको थियो । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतले आजको बैठकले म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशनबारे निर्णय लिने बताए । शुक्रबारको बैठकमा केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले यसअघि नै तयार पारेको भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान पेस गरिएको थियो । नेविसंघ, तरुण दल, महिला संघ, दलित संघ, मुस्लिम संघ, किसान संघ लगायतका…

पुरा पढ्नुहाेस्

कांग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १३ मा हुने

माघ २८, काठमाडौं । नेपाली कांग्रेसले अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मिति तोकेका छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार अधिवेशन हुन बाँकी १६ जिल्लाको जिल्ला अधिवेशन फागुन १३ मा हुनेछ । केन्द्रीय निर्वाचन समितिको बैठकले मिति तोकेको हो । प्रदेश २ का आठ जिल्ला र बाँकी अन्य आठ जिल्लामा निर्वाचन हुन बाँकी छ । कतै कतै पालिकास्तरीय अधिवेशन पनि बाँकी रहेको र ती सबै निर्वाचन हुने उनको भनाइ छ । १३ गते भएको निर्वाचनमा सभापतिको उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसके फागुन १४ गते दोस्रो चरणको…

पुरा पढ्नुहाेस्